चिसोका बिरामी बढे, बालबालिकाको मुटुमा समस्या
काठमाडौं २९ पुस । पछिल्लो पटक चिसोबाट रुघाखोकीका बिरामीको संख्यामा वृद्धि देखिएको छ । चिसोले धेरै मान्छेलाई सताएको र चिसोका बिरामीको संख्या वृद्धि देखिएको चिकित्सकहरुले बताएका छन् ।
चिसोका कारण बालबालिकामा निमोनिया तथा मुटुमा समस्या देखिन थालेको समेत डाक्टरले औल्याएका छन् । बालबालिकाको खानपानमा ध्यान दिन र तातो न्यानो गरी राख्न डाक्टरले सुझाव दिएका छन् ।
चिसोले गर्दा अहिले भूकम्प प्रभावित जिल्लाकासहित अरु ठाउँका बालबालिकमा मुटुको समस्या देखिन थालेको मुटु रोग विशेषज्ञ डा. कृष्णकुमार श्रेष्ठले बताए । उनका अनुसार चिसो मौसममा रुघाखोकीको ज्वरो जस्तै बालबालिकाको मुटुमा ज्वरो आउँछ ।
ज्वरो आउने, मुटुको चाल बढ्ने, छाती दुख्ने र हातखुट्टा कट्कटी खाने जस्ता लक्षण देखिए मुटुमा ज्वरो हुन सक्ने डाक्टरहरु बताउँछन् ।
यस्ता लक्षण देखिनासाथ तुरुन्त बालबालिकाको मुटुको जाँच गराउन उनीहरुले सल्लाह दिएका छन् । बालबालिकालाई प्रशस्त मात्रामा तातो झोलिलो खानेकुरा खुवाए र तातो न्यानो गरी राखे मुटुको समस्याबाट जोगाउन सकिने डाक्टरको भनाई छ ।
चिसोका कारण बालबालिकामा निमोनिया तथा मुटुमा समस्या देखिन थालेको समेत डाक्टरले औल्याएका छन् । बालबालिकाको खानपानमा ध्यान दिन र तातो न्यानो गरी राख्न डाक्टरले सुझाव दिएका छन् ।
चिसोले गर्दा अहिले भूकम्प प्रभावित जिल्लाकासहित अरु ठाउँका बालबालिकमा मुटुको समस्या देखिन थालेको मुटु रोग विशेषज्ञ डा. कृष्णकुमार श्रेष्ठले बताए । उनका अनुसार चिसो मौसममा रुघाखोकीको ज्वरो जस्तै बालबालिकाको मुटुमा ज्वरो आउँछ ।
ज्वरो आउने, मुटुको चाल बढ्ने, छाती दुख्ने र हातखुट्टा कट्कटी खाने जस्ता लक्षण देखिए मुटुमा ज्वरो हुन सक्ने डाक्टरहरु बताउँछन् ।
प्रकाशित मिति:
January 13, 2016