फरार अभियुत्त सरकारी जागिरे
काठमाडौं १२ पुस
दोलखा भिमेश्वरका प्रकाश श्रेष्ठ १० वर्षदेखि प्रहरीको फरार अभियुक्तको सूचीमा थिए । हत्या गरेको अभियोगमा फरार रहेका उनी कतै लुकिरहेका होलान् भन्ने प्रहरीको अनुमान थियो । तर, उनी कतै लुकेका थिएनन्। साल्ट ट्रेडिङ कर्पोरेशनको पोखरा शाखामा खरिदारका रुपमा काम गर्दै आएका थिए।
उनलाई आइतबार प्रहरीले पक्राउ गरेपछि मात्रै फरार अभियुक्त सरकारी जागिरमै रहेको खुलेको हो। कास्की प्रहरीको सहयोगमा महानरीय अपराध महाशाखाले उनलाई पक्राउ गरेको हो ।
महाशाखाका एसपी प्रकाशजंग कार्कीका अनुसार ३२ असार २०६३ मा उनले गुल्मी शान्तिपुर धुँवाकोटका वैकुण्ठ रानामगरको हत्या गरेका थिए । उनीसहति ६(७ जना व्यक्ति मिलेर मगरको हत्या भएको थियो ।
घटनापछि फरार भएका उनीले पोखरा गएर सरकारी जागिर खाएका थिए। साल्ट ट्रेडिङको पोखरा शाखाको जिन्सी शाखाको प्रमुखका रूपमा उनले काम गर्दै आएको प्रहरीले जनाएको खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।
प्रकाशित मिति:
December 27, 2016