काँग्रेसले अघि सारेका आर्थिक नीतिमा कम्युनिस्टहरु आएका हुन् : डा. महत
धनगढी, २६ पुस । नेपाली काँग्रेसका नेता डा रामशरण महतले काँग्रेसले अगुवाइ गरेको राजनीतिक पद्धतिमा कम्युनिस्ट आएकाले पार्टीका नेता तथा कार्यकर्ताले गौरव गर्नुपर्ने बताएका छन् ।
धनगढीमा आयोजित काँग्रेस कार्यकर्ता भेलामा उनले काँग्रेसले अगुवाइ गरेको बहुलवाद सिद्धान्तको पद्धति र आर्थिक नीति तथा कार्यक्रममा कम्युनिस्ट र दक्षिणपन्थी दल आएको बताए ।
पूर्वअर्थमन्त्रीसमेत रहेका डा महतले भने, “२०४८ देखि काँग्रेसले अघि सारेका आर्थिक सुधारका कार्यक्रमकै कारण लामो द्वन्द्व र पटक पटकको राजनीतिक अस्थिरताका बाबजुद देशको अर्थ व्यवस्था टिकेर बसेको छ ।”
राज्य नियन्त्रित आर्थिक पद्धतिले देशको आर्थिक विकास हुन नसक्ने बताउँदै उनले पाँच नम्बर प्रदेशका जनाताको अभिमतअनुसार सो क्षेत्रको प्रदेश सीमाङ्कन गर्नुपर्नेमा जोड दिए ।
प्रकाशित मिति:
January 10, 2017