तत्कालिन राजा ज्ञानेन्द्रले भने– 'देश कसैको क्रिडास्थल होइन'
काठमाडौं २६ पुस
तत्कालिन राजा ज्ञानेन्द्र शाहले देशको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै देश कसैको पनि क्रिडास्थल नभएको भनेर आक्रोश व्यक्त गरेका छन् ।
पृथ्वीनारायण शाहको २९५ औं जन्म जयन्तीको अवसरमा शुभकामना वक्तव्य जारी गरेर ज्ञानेन्द्रले यस्तो आक्रोश पोखेका हुन् ।
उनले नेपाली जनताको इच्छा नै राजइच्छा हुने परम्परा रही आए पनि मुलुकमा तत्कालिन परिस्थिति समेतलाई दृष्टिगत गरेर मात्र नारायणहिटीबाट बाहिरिएको भन्दै जनता र राष्ट्रप्रतिको जिम्मेवारीबाट नपच्छिएको समेत उल्लेख गरेका छन् ।
'दशक नबित्दै नेपाल बन्ने होेइन, बच्ने हो कि होइन भन्ने चिन्ताजनक घडीमा आज हामी आईपुगेका छौं' उनले भनेका छन्, 'देश कसैको क्रिडास्थल होइन, हुन सक्दैन र हुन दिइनु पनि हुदैन भन्ने सोचका साथ देशभक्त नेपालीहरुले एकतावद्ध भई सदभाव, देशभक्ति र आपसी एकता तथा प्रेमको डोरीले मात्र नेपालको अस्तित्व र पहिचान जोगाउन सक्दछ भन्ने हाम्रो धारणा रही आएको छ ।'
प्रकाशित मिति:
January 10, 2017