प्रचण्ड ओलीको दुई घण्टे गोप्य वार्तामा भनाभनदेखि चर्काचर्कीसम्म
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेतरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच आइतबार दुई घण्टा गोप्य भेटवार्ता भएको छ । सरकारले संविधान संशोधन विधेयक टेबल गर्ने तयारी गरिरहेको अवस्थामा दुई नेताबिच राजधानीको एक व्यक्तिको घरमा भेट भएको हो । आइतबार १० बजेदेखि १२ बजेसम्म उनीहरुबिच भेट भएको थियो । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भेटका लागि घरको व्यवस्था गरेको स्रोतको दाबी छ ।
भेटमा चर्काचर्की
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच आइतबार भएको गोप्य भेटमा सहमति भन्दा पनि चर्काचर्की भएको छ । जारी गत्यारोध अन्त्य गरेर संसद सुचारु गर्ने विषयमा दुई नेताबिच भएको भेटमा चकाचर्की भएको हो प्रचण्डले मोर्चा समेत तीन वटै निर्वाचनमा आउछु भनिरहेको अवस्थामा संशोधन विधेयक अगाडी बढाउने विषयमा विरोध गरेर समस्याको बाधक नबन्न ओलीलाई आग्रह गर्दा ओलीले राष्ट्रियहित विपरितको संशोधन टेबल गरे कडा प्रतिवाद हुने बताएपछि बैठकमा चर्काचर्की भएको स्रोतको दाबी छ ।
प्रधानमन्त्री दाहालले बैठकमा भोली (सोमबार) संशोधन विधेयक टेबुल गर्न लागेको र मोर्चा समेत संशोधन प्रक्रिया अगाडी बढाएपनि तीनै तहको निर्वाचनमा आउने भएकाले विरोध नगर्न आग्रह गरेका थिए ।
ओलीले भने संविधान संशोधन विधेयक राष्ट्रिय हित विपरित रहेको भन्दै फिर्ता नहुँदासम्म समर्थन गर्न नै नसकिने र जबरजस्ती टेबल गर्न खोजिए कडा प्रतिवाद गर्ने चेतावनी दिएका थिए ।
प्रचण्डले ओलीलाई समस्यको बाधक नबन्न आग्रह गर्दा ओलीले पनि राष्ट्रियहित विपरितको काममा अघि नबढ्न भनेको स्रोत बताउँछ । बैठकको अन्तिममा प्रधानमन्त्रीले भोलि संशोधन टेबल हुने भन्दै विरोध नगर्न भन्दा पनि ओलीले टेबल गरेर देखाउन समेत भनेका थिए ।
सरकारले सोमबारको संसद बैठकमा संशोधन विधेयक टेबल गर्ने तयारी गरिरहेको छ । यसअघि नेपाली कांग्रेस मोर्चा तथा मोर्चा र प्रधानमन्त्रीबिच सोमबार बस्ने संसद बैठकमा संशोधन टेबुल गरेर एमालेको विरोधकै बाबजुद भएपनि प्रक्रिया अगाडी सहमति जुटेको थियो ।
प्रकाशित मिति:
January 01, 2017