बालुवाटारमा प्रचण्ड देउवा र ओलीको वार्ता
काठमाडौं ३ फागुन
प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी ओलीबिच वार्ता भएको छ ।
मंगलबार साँझ साढे दुई घण्टा भएको वार्तामा निर्वाचन मिति घोषणा र संविधान संशोधनको विषयमा केन्द्रित रहेर छलफल भएको बताइएको छ ।
सभापति देउवाका सहयोगी भानु देउवाले देशको निकास कसरी खोज्ने र वर्तमान अवस्थामा कसरी अगाडी बढ्न सकिन्छ भन्ने विषयमा नेताहरुबिच छलफल केन्द्रित रहेको बताए ।
छलफलमा संविधान संशोधन र निर्वाचन मिति घोषणका विषयमा कुनै सहमति भने बन्न सकेन । नेताहरुबिच पुनः भोलि छलफल गरेर सहमति खोज्ने निर्णय गरेका छन् ।
प्रकाशित मिति:
February 14, 2017