पुजिगत खर्च बढाउन क्याबिनेटमै प्रस्ताव
काठमाडौं २३ माघ
बिहीबार मन्त्रीपरिषदको नियमित बैठक बसेको थियो । दिउँसो चार बजेपछि करिब साढे २ घण्टा बसेको बैठक लगत्तै सरकारका प्रवक्ता तथा सुचना तथा सञ्चारमन्त्री राम कार्कीले प्रधानमन्त्री कार्यालयको ढोकामा उभिएर बैठकका निर्णय पत्रकारहरुलाई बताईरहेका थिए ।
त्यति नै बेला पछाडीबाट आवाज आयो । पुँजीगत खर्चबारे नि भन्दिनुस् हई । मन्त्री कार्की पछाडी फर्केर हेरे अनि हजोर भन्न लागे । पछाडी थिए अर्थमन्त्री कृष्णबहादुर महरा । उनले फेरि भने, पुँजीगत खर्च कम र चालु खर्च बढी भएकोबारे नि भन्दिनुस् हई । बल्ल प्रवक्ता कार्कीले बुझेछन्, अनि भने, 'पत्रकार मित्रहरु सबै मन्त्रालयमा पुजीगत खर्च (विकासका लागि छुट्याइएको रकम) खर्च नभएको तर चालु (तलब भत्ता लगायतको सुविधा) मात्रै बढ्दै गएको छ । यसबारे मन्त्रीपरिषद बैठकको ध्यानाकर्षण भएको छ । उस्तै परेमा समिति बनाएर अनुगमन गर्ने कुरा समेत भएको छ ।'
अर्थमन्त्री महराले सबै मन्त्रालयका सचिवहरुलाई बोलाएर विकासको पुजी खर्च गर्न यसअघि देखि नै निर्देशन दिँदै आएका थिए । तर उनले निर्देशन दिए पनि पुजिगत खर्च हुन नसकेपछि मन्त्रीपरिषद बैठकमा नै महराले सबै मन्त्रालयबाट विकास योजनामा ध्यान दिनुपर्यो र खर्च गर्नुपर्यो भन्ने एजेण्डा अघि सारेका थिए । बैठकमा सबै मन्त्रीहरुले पुजीग खर्च बढाउनेमा सहमति जनाएका छन् ।
प्रकाशित मिति:
February 05, 2017