नियमसंगत ढंगबाटै आइजी नियुक्ति : माओवादी प्रवक्ता
काडमाडौं २ फागुन
नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले सरकारले नियमसंगत ढंगबाटै नेपाल प्रहरीको आइजी नियुक्त भएको बताएकी छन् ।
सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रममा प्रवक्ता भुसालले प्रहरी प्रमुखको नियुक्ति न्यायालयको विषय नभएको समेत दाबी गरिन् ।
'सरकारले आफ्नो कार्यकारी अधिकार प्रयोग गरेर नियमसंगत ढंगमा डिआईजी जयबहादुर चन्दलाई आईजीपीमा बढुवा गरेको हो,' उनले भनिन्, 'प्रहरी प्रमुखको नियुक्ति न्यायलय वा अरु कुनै आयोगको विषय पनि होइन यो सरकारले गर्ने विषय भएकाले विवाद गरिरहन आवश्यक पनि छैन ।'
प्रवक्ता भुसालले वर्तमान सरकारले नै तीनै तहको निर्वाचन गर्ने र निर्वाचन नगरी सरकार परिवर्तन नहुने समेत स्पष्ट पारेकी छन् । तीन तहको निर्वाचन नभएसम्म सरकारको गठबन्धन नटुगिने उनको भनाई छ ।
प्रवक्ता भुसालले एमाले मुलुकको जिम्मेवार पार्टी भएको भन्दै संविधान निर्माणमा उसको भूमिका महत्वपूर्ण हुनुका नाताले संविधान संशोधनमा सहभागी भई संविधान कार्यान्वयनमा पनि अग्रसर हुन समेत आग्रह गरिन् ।
प्रकाशित मिति:
February 13, 2017