नायिका श्रीदेवीद्धारा सेल्फी हाल्न छोरीहरुलाई प्रतिबन्ध
श्रीदेवी एक जमानामा बलिउडकी नम्बर वान हिरोइन । उनले त्यसताका बलिउडमा तहल्कै मच्चाइन् । आफ्नो रुप र अभिनयले सबैको ध्यान तान्न सकिनन् ।
तिनै श्रीदेवी अहिले फरी चर्चामा छिन् । अभिनय र रुपले उनले अहिले चर्चा कमाएकी होइनन्, आफ्नी छोरीहरुलाई सेल्फी खिचेर सामाजिक सञ्जालमा नराख्न दिएको कडा आदेशका कारण ? आखिर किन त ? उनले यसको वास्तविक जवाफ दिइसकेकी छैनन् ।
आमा श्रीदेवीकै आदेशका कारण उनका दुबै छोरीले पछिल्ला दिनमा सामाजिक सञ्जालमा सेल्फी फोटो पोस्ट गरेका छैनन् । यसबाट छोरीहरु आमा श्रीदेवीप्रति कति बफादार रहेछन् भन्ने पुष्टि हुन्छ । आमाको आदेशअघि छोरी जान्भी र उनकी बहिनी खुशीले नियमित रुपमा आफ्ना तस्बिरहरु सामाजिक सञ्जालमा हालेर धेरैको ध्यानाकर्षण गर्दै आएका थिए । जान्भीको इन्स्टाग्राम एकाउन्ट चेक गर्दा केही समयदेखि कुनै नयाँ तस्बिर पोष्ट नभएको पाइयो । खुशीको पनि यही हाल छ ।
अर्काे कुरा, उनी आफ्नी छोरीलाई फिल्ममा डेब्यू गराउन कस्सिएकी छिन् । उनकी जेठी छोरी जान्भीको एउटा फिल्म लगभग निश्चित भइसकेको छ । खबर अनुसार करण जौहरले आफ्नो आगामी फिल्म स्टुडेन्ट अफ दि इयरको सिक्वेलमा टाइगर श्राफका साथ जान्भीलाई लन्च गर्दैछन् ।

प्रकाशित मिति:
February 12, 2017