बिग्रियो सलमान सोनाक्षी सम्बन्ध
बलिउड नायक सलमान खानसँग खटपट भएपछि नायिका सोनाक्षी सिन्हालाई सलमानले भाउ दिन छाडेका छन् । एक किसिमले भन्ने हो भने उनीहरुबीचको टकराव दिनप्रतिदिन बढ्दो छ ।
सलमानले चलचित्र दबंगबाट सोनाक्षी सिन्हालाई हलिउडमा ठाउँ दिएका थिए । आफैले भित्र्याएको नायिकाले आफ्नो होम प्रोडक्सनको फिल्ममा खेल्न अस्वीकार गरेपछि सलमानले पछिल्ला दिनमा सोनाक्षीलाई भाउ दिन छाडेका हुन् । जसको परिणामस्वरुप चलचित्र ‘दबंग ३’ बाट सोनाक्षीको ठाउँमा एमी ज्याक्सनलाई ल्याइएको छ ।
यस्तै, केही समयमै सलमानकै नेतृत्वमा बलिउड कलाकारको वल्र्ड टुर हुँदैछ । त्यसबाट पनि सोनाक्षीको नाम हटाइएको छ । यसबाट पनि प्रष्ट हुन्छ, सलमान र सोनाक्षीको बिग्रदो सम्बन्ध ।
प्रकाशित मिति:
February 12, 2017