एमाले र मोर्चासँग सहमतिमा हस्ताक्षर गरेर चीन जान चाहन्थे प्रचण्ड
काठमाडौं ११ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुन बिहीबार राति चीनको हैनान प्रान्तको बोआओ सहरतर्फ प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री प्रचण्ड चीन जान अघि नै संविधानप्रति असन्तुष्ट मधेसी मोर्चा, प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग सहमति जुटाएर हस्ताक्षर गर्न चाहेका थिए । सहमति जुटाएर हस्ताक्षर गर्न भन्दै उनले सरकारमा सहभागी माओवादी केन्द्रसहित नेपाली कांग्रेस, राप्रपा तथा एमाले र मोर्चाका नेताहरुसँग बिहीबार साँझ बालुवाटारमा बैठक बोलाएका थिए ।
बैठकमा प्रचण्डले आजै सहमति गरी हस्ताक्षर गरौं भनेर प्रस्ताव गरेका थिए । ‘मेरा इच्छा सहमतिमा हस्ताक्षर गरेर खुशीका साथ चीन जाउँ भने छ आज राती १० नै बजेसम्म भएपछि सहमति गरेर उठौंु प्रचण्डले बिहीबार साँझको बैठकमा भनेका थिए ।
प्रचण्डले सरकार र मोर्चा सम्मिलित कार्यदलले तय गरेको सहमतिको ड्राफ्टका आधारमा सहमति कायम गर्न प्रस्ताव गरेका थिए ।
तर, एमाले उपाध्यक्ष वामदेव गौतम र संसदीय दलका उपनेता सुवास नेम्वांगले कार्यदलकाे सहमतिमा के कुरा छ भन्ने नै थाहा नभएको भन्दै अध्ययन गरेर मात्र सहमति गर्ने जनाए पछि बिहीबार बैठकमा कुनै सहमति हुन सकेन भने सहमति बिना नै प्रचण्ड चीन प्रस्ताव गरेका छन् । यद्यपी, सबै दलहरु मिलेर नै सहमति कायम गर्न सकरात्मक बनेका छन् ।
यता, बिहीबार राती चीन प्रस्थान गरेका प्रधानमन्त्रीको बिदाइका लागि उपप्रधानमन्त्री विमलेन्द्र निधि र कमल थापा, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, नेपालका लागि चिनियाँ राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिलगायत त्रिभुवन विमानस्थलमा उपस्थित बनेका थिए । प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी सीता दाहाल, परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, परराष्ट्रसचिव शङ्करदास वैरागी तथा मन्त्रालयका अन्य उच्च पदाधिकारी रहेका छन् र
प्रधानमन्त्री बोआओमा रहँदा प्रधानमन्त्रीले यही चैत ११ गते चीनका उपप्रधानमन्त्री झाङ गाउलीसँग द्विपक्षीय छलफल गर्ने र १२ गते मञ्चको उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । सोही दिन अपराह्न उहाँ बेइजिङतर्फ प्रस्थान गर्नेछन् ।
प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शिष्टाचार भेट गर्नाका साथै पारस्परिक सम्बन्धलाई अझ सुदृढ एवम् विस्तार गर्ने विषयमा विचार विमर्श गर्ने कार्यक्रम रहेको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डल चैत १५ गते चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा पनि पुग्नेछ । त्यहाँ नेपाल र तिब्बत सरकारबीच स्थानीय तहमा विद्यमान द्विपक्षीय संयन्त्र थप क्रियाशील बनाउने विषयमा केन्द्रित रहेर तिब्बत सरकारका नेतासँग छलफल हुने बताइएको छ । प्रधानमन्त्री दाहाल यही चैत १६ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति:
March 24, 2017