लामखुट्टे धपाउन बालेको आगोमा परी घाइते महिलाको मृत्यु
इनरुवा, ११ चैत । लामखुट्टे धपाउनका लागि बालेको घुर ताप्ने क्रममा गम्भीर घाइते भएका घुस्की गाविस–३ का ६५ वर्षीया साहिरा खातुनको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गत चैत ९ गते गाईको गोठमा लामखुट्टे धपाउनका लागि बालेको आगो ताप्ने क्रममा सारीमा आगो सल्की खातुन गम्भीर घाइते भएकी थिइन् ।
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ लैजाने क्रममा खातुनको शुक्रबार बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:
March 24, 2017