नायिकाले निर्मातामाथि लगाइन् याैन शाेषणकाे अाराेप
चैत । भारतमा एक नायिकाले एक निर्मातामाथि याैन शाेषणकाे अाराेप लगाएकी छिन् ।
‘सही पकडे है’ डायलगबाट चर्चित भएकी र ‘भाभीजी घर पर हैं’ सिरियलमा समेत काम गरिसकेकेकी शिल्पा सिन्देले निर्माता सञ्जय कोहलीमाथि यौन र मानसिक उत्पीडनको आरोप लगाएकी हुन् ।
उनले पालघर जिल्लाको वाल्वी प्रहरीमा यौन उत्पीडनको आरोपपत्र समेत दर्ता गराएकी छन् । शिल्पा सिन्देले भनिन्, ‘निर्माता सञ्जय कोहलीले मलाई तिमी मेरो ध्यान राख, म तिम्रो ध्यान राख्नेछु भने । उनले तीन–चार पटक मलाई अंगालो मारेर संवेदनशील स्थानमा समेत छोए ।’ सिन्देले यौन उत्पीडनको उजुरी एक वर्ष पछि गरेको विषयमा भने आफू विरामी परेको उल्लेख गरेकी छन् । उनले आर्टिस्ट एशोसिएसनमा यौन उत्पीडनका बारेमा जानकारी दिएकी थिइन् ।
उनले भनिन्, ‘यो उद्योगमा बलात्कारजता कुनै चिज हुँदैनन् र अनुचित रुपमा छुने काम हुन्छ । यसमाथि म प्रतिक्रिया दिन सक्दिन ।’ शो का निर्माताले एक बयानमा उनले सिन्देको आरोप आधारहीन भएको दाबी गरेका छन् ।
प्रकाशित मिति:
March 26, 2017