ताप्लेजुङ, १४ चैत । आगामी तीन वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ ३७ दशमलव ६ मेगावाटको काबेली ए जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु भएको छ ।
सन् २०२० मा सम्पन्न गर्ने लक्ष्यका साथ ताप्लेजुङ र पाँचथर जिल्लाको सिमाना भएर बग्ने काबेली नदीमा निर्माण हुने आयोजनाको गत शुक्रबार शिलान्यास गरिएसँगै निर्माण सुरु भएको हो ।
एक सय मिलियन अर्थात् रु १० अर्बको लगानीमा निर्माण हुने यो आयोजना पूर्वकै ठूलो र बहुप्रतिक्षित मानिएको छ । आयोजना निर्माणका लागि बुटवल पावर कम्पनीको ५६ प्रतिशत र सिङ्गापुरको इन्फ्राको कम्पनीको ४४ प्रतिशत लगानी रहेको छ । सन् २०१२ मा इन्फ्राको एसिया र यसको स्थानीय साझेदार बुटवल पावर कम्पनीले नेपालमा जलविद्युत् आयोजना निर्माण गर्न संयुक्त उद्यम कम्पनीको स्थापना गरेका थिए जसले पहिलो आयोजनाको रुपमा काबेली ए जलविद्युत् आयोजना निर्माण गर्न लागेका हुन् ।
इन्फ्राको एसियाले आफ्नो दक्षता, लगानी र अन्तर्राष्ट्रिय पुँजीमा पहुँच पु¥याई स्थानीय निजी क्षेत्रलाई सहयोग गर्दै आएको छ ।
आयोजनामा विश्व बैंक, अन्तर्राष्ट्रिय वित्त निगम (क्यानेडियन जलवायु परिवर्तन कार्यक्रम), नेपाल जलविद्युत् लगानी तथा विकास कम्पनी र एनआइसी एसिया बैंकको ऋण सहयोग रहेको जनाइएको छ । झिझ्याङ र टिडब्लुसिडब्लु नामक दुईवटा चिनियाँ कम्पनीले आयोजना निर्माणको जिम्मा पाएका छन् ।
Powered by Blogger.
काबेली ए आयोजनाको निर्माण सुरु
प्रकाशित मिति:
March 27, 2017