टिकट वितरणका विषयमा पनि कांग्रेसभित्र विवाद
काठमाडौँ, १४ चैत । नेपाली काँग्रेस केन्द्रीय समिति बैठकमा आसन्न स्थानीय निर्वाचनमा पार्टीका उम्मेदवारलाई टिकट वितरण कुन प्रक्रियाबाट दिने भन्ने विषयमा पनि विवाद देखिएको छ ।
बैठकमा सोमबार केन्द्रीय सदस्यहरूले वडादेखि महानगरपालिकासम्मका उम्मेदवारलाई कुन प्रक्रियाबाट टिकट दिँदा उपयुक्त हुन्छ भन्ने सम्बन्धमा सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्ण सिटौलाबिच मत बाझिएको छ । तीन नेताबिच टिकट वितरणका विषयमा चर्को विवाद छ भने कुरा मिल्न सकेको छैन ।
आइतबारबाट सुरु केन्द्रीय समिति बैठकमा स्थानीय तहअनुसारको पार्टीको साङ्गठनिक संरचना मिलाउने, निर्वाचनमा उम्मेदवार चयन गर्ने प्रक्रिया, पार्टीका भ्रातृ एवम् शुभेच्छुक संस्थालाई निर्वाचनमा परिचालन गर्नेलगायत विषयमा छलफल सकिएको छैन ।

प्रकाशित मिति:
March 27, 2017