काठमाडौं, ३० चैत । प्रहरी महानिरीक्षक नियुक्तिको लफडा टुंग्याउन सोमबार साँझ साढे पाँच बजे शुरु भएको मन्त्रिपरिषद् बैठक केहीबेर ब्रेक भयो र फेरि राति अबेरसम्म चल्यो । चल्दाचल्दै केहीका मोबाइलमा एसएमएस आउन थाले । नयाँ प्रहरी महानिरीक्षक छनौटका लागि बढुवा समितिको बैठक बसिरहँदा हो, विद्युतीय सन्देशको ओइरो लागेको ।
जनआस्था साप्ताहिकमा खबर छ–त्यसमा लेखिएको थियो, ‘कासमूमा कीर्ते भएको छ। त्यही अाधारमा निर्णय भयो भने अदालतले तपाईहरु कसैलाई बाँकी राख्दैन ।’
कीर्ते भनिएको फोटोकपी पनि एक-दुई दिनअघिदेखि नै ठाउँ-ठाउँमा पुगेको रहेछ । यस्तो एसएमएस आयो भनेर कामु आइजीपी डा. दिनेशचन्द्र पोखरेल, मुख्यसचिव सोमलाल सुवेदी र गृहसचिव लोकदर्शन रेग्मीबीच मुखामुख चल्यो।
प्रत्येकका मोबाइलमा यस्तो सन्देश आउन थालेपछि फेरि पनि कार्यसम्पादन मूल्यांकनको रेसा-रेसा केलाई हेर्न थालियो । त्यसपछि नयाँ आईजी छान्न जुटेको टोलीले २२ पेजको व्याख्या, विश्लेषण, आधार, प्रमाणसहित लेखेर मन्त्रिपरिषद्लाई थमायो, ताकि, भोलि कतैबाट प्रश्न उठेमा जवाफ दिन सजिलो होस्।
Powered by Blogger.
आइजी छान्ने रात प्रधानमन्त्री कार्यालयमा मोबाइलमा एसएमएस आतंक
प्रकाशित मिति:
April 12, 2017