मुग्लिन-नारायणगढ सडक सुख्खा पहिरो, २ को मृत्यु, राजमार्ग आवागमन ठप्प
चितवन २१ चैत । मुग्लिन-नारायणगढ सडक खण्ड अन्तर्गत घुमाउनेमा सुख्खा पहिरो खस्दा २ जनाको मृत्यु भएको छ । दुई जनाको उद्दार गरिएको छ भने अरु केही पहिरोमा फसेको अनुमान गरिएको छ ।
प्रहरीका अनुसार पहिरोमा ट्याकर, जिप, ट्रक र दुई वटा मोटरसाइकल परेको छ । ठूलठूला ढुंगाहरु नै खस्दा सवारी साधनमा क्षति पुगेको प्रहरीले बताएको छ ।
लमजुङका १५ बर्षीय सञ्जीव राना र बीरगञ्जका ३६ बर्षीय बन्नु पटेलको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।
उक्त सडकमा विस्तारको काम भइरहेको छ । विहान १० बजेदेखि ४ बजेसम्म बाटो बन्द गरेर विस्तार गरिदैं आइएको थियो ।
यता, गृहमन्त्री विमलेन्द्र निधिले पहिरोमा परेकाहरुको उद्दारमा जुट्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । घटनाको जानकारी पाए लगत्तै निधिले सबै सुरक्षा निकाय परिचालन गरेर घाइतेको उद्धार गर्न निर्देशन दिएका हुन् । उद्दारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगिसकेको छ ।
प्रहरीका अनुसार पहिरोमा ट्याकर, जिप, ट्रक र दुई वटा मोटरसाइकल परेको छ । ठूलठूला ढुंगाहरु नै खस्दा सवारी साधनमा क्षति पुगेको प्रहरीले बताएको छ ।
लमजुङका १५ बर्षीय सञ्जीव राना र बीरगञ्जका ३६ बर्षीय बन्नु पटेलको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।
यता, गृहमन्त्री विमलेन्द्र निधिले पहिरोमा परेकाहरुको उद्दारमा जुट्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । घटनाको जानकारी पाए लगत्तै निधिले सबै सुरक्षा निकाय परिचालन गरेर घाइतेको उद्धार गर्न निर्देशन दिएका हुन् । उद्दारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगिसकेको छ ।
प्रकाशित मिति:
April 03, 2017