देश खारेज गर भनेकी नेतृ हिसिला यमीले माफी मागिन्
काठमाडौं २१ चैत
नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई पत्नी हिसिला यमीले माफी मागेकी छिन् । निर्वाचन आयोग घेराउाक क्रममा आइतबार प्रहरीसँगको धरपकडमा देश खारेज गरको नारा लगाएकी नेतृ यमीले माफी मागेकी हुन् ।
नयाँ शक्ति नेपालकी नेतृ समेत रहेकी उनले सोमबार पत्रकार सम्मेलन गरेर मातृभूमिको अपमान गर्ने आफ्नो मनसाय नभएको भन्दै आवेग र अर्धबेहोसी भई उक्त शब्द उच्चारण गर्न पुगेको समेत बताएकी छिन् ।
मातृभूमिको अपमान गरेको भन्दै उनको चर्को आलोचना भएपछि सार्वजनिक रुपमा नेतृ यमीले गल्ती स्वीकार गरेकी हुन् ।
संयोजक डा. भट्टराईसँगै पत्नी यमी लगायतलाई सोमबार निर्वाचन आयोग अगाडी धर्ना दिने क्रममा निषेधित क्षेत्र प्रवेश गरेपछि प्रहरीले पक्राउ गरेको थियो । त्यसक्रममा यमीले यो देश खारेज गर भनेर नारा लगाएकी थिइन् ।
यमीले नेपाली भाषामा राम्रो दखल नहुनुका साथै आन्दोलनको दबाव, आवेश र बेहोसीमा आदेशलाई अन्यथा भन्न पुगेको होसमा आएर गल्ती महसुस गरेको बताएकी छिन् । उनले आगामी दिनमा यस्तो गल्ती नदोहोर्याउने समे बताएकी छिन् ।
प्रकाशित मिति:
April 03, 2017