एमालेकी महिला अध्यक्ष नै माओवादी केन्द्रमा, एमाले प्रतिगमनको मतियार भएको दाबी
काठमाडौं ३० वैशाख
नेकपा एमालेकी एक स्थानीय प्रभावशाली नेतृले एमाले पार्टी प्रतिगमनको मतियार भएको दाबी गर्दै पार्टी परित्याग गरेकी छिन् ।
एमालेमा लामो समयदेखि आवद्ध कञ्चनपुरकी चर्चित महिला नेतृ मोनिका भट्टले एमाले परित्याग गर्दै नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको घोषणा समेत गरेकी छन् ।
शुक्लाफाँटा नगरपालिकाको एमाले निकट अखिल नेपाल महिला संघको अध्यक्ष रही काम गरिरहेकी मोनिका भट्टले निर्वाचनको दुई अगाडी शुक्रबार एक विज्ञप्ती जारी गर्दै नेकपा एमाले पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश भएको घोषणा गरेकी हुन ।
उनले जारी गरेको विज्ञप्तीमा एमालेभित्र चरम व्याक्तिवाद हावि रहेको र ईमान्दार सक्षम कार्यकर्ताहरुको अवमुल्यन गर्ने , पाखा लगाउने कार्य भएको आरोप समेत लगाइएको छ ।
उनले अग्रगामी पार्टी नेपाल कम्युनिष्ट पार्टी माओवादि केन्द्र मा प्रवेश भएको भन्दै नेकपा माओवादी केन्द्र को झण्डामुनी गोलबन्द्ध हुन सम्पुर्ण देशभक्त, प्रगतीशील तथा इमान्दार कम्युनिष्ट क्रान्तिकारीहरुलाई समेत आह्वान समेत गरेकी छिन् ।
प्रकाशित मिति:
May 13, 2017