करार सेवाका कर्मचारीहरुलाई दशैं खर्च र भत्ता दिने सरकारको निर्णय
काठमाडौं २१ वैशाख
सरकारले करार सेवामा कार्यरत सबै कर्मचारीहरुलाई दशैं खर्च, पोशाक भत्ता, औषधि उपचार खर्च दिने भएको छ ।
यसअघि स्थायी तथा अस्थायी कर्मचारीले मात्र दशैं खर्च, पोशाक भत्ता लगायत सेवा सुविधा पाउँदै आएकोमा बिहीबार बसेको मन्त्रीपरिषद बैठकले करार सेवाका कर्मचारीलाई पनि सवा सुविधा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा सुचना तथा सञ्चारमन्त्री राम कार्कीले जानकारी दिए । देशभर करिब २१ हजार करार कर्मचारी रहेका छन् ।
मन्त्री परिषदको बैठकले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि विश्व बैंकको २० अरब रुपैंया ऋण लिने प्रस्तावलाई स्वीकृति दिएको छ ।
यस्तै, बैठकले साहित्यकार एवं संस्कृतिविद् सत्यमोहन जोशीलाई वाङ्मय शताब्दी पुरुषको सम्मानद्घारा पुरस्कृत गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले सामान्य प्रशासन मन्त्री केशवकुमार विष्टको संयोजकत्वमा संघीय प्रशासनिक पूनर्संरचना समिति र काशीराज दाहालको नेतृत्वमा सहजीकरण समिति गठन गरेको छ ।
प्रकाशित मिति:
May 04, 2017