कञ्चनपुर, १३ जेठ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि नेकपा(माओवादी केन्द्र) कञ्चनपुरले उम्मेदवारको टुङ्गो लगाएको छ ।
नौ स्थानीय तह रहेको कञ्चनपुरमा केन्द्रले सात तहका उम्मेदवारको टुङ्गोे लगाएको हो । केन्द्रले भीमदत्तनगरपालिका प्रमुखमा गोपाल रसाइली, वेदकोट नगरपालिका प्रमुखमा मीनराज गिरी, शुक्लाफाँटा नगरपालिका प्रमुखमा लोकेन्द्र ऐरी, पुनर्बास नगरपालिका प्रमुखमा वीरबहादुर थापा, कृष्णपुर नगरपालिका प्रमुखमा जोगराम चौधरी र लालझाडी गाउँपालिका अध्यक्षमा मदनसिंह वडायकलाई उम्मेदवारका रुपमा अघि सारेको छ ।
महाकाली र बेलौरी नगरपालिका तथा बेलडाँडी गाउँपालिकाका उम्मेदवारको टुङ्गो दुई दिनभित्रै लगाइने केन्द्रका केन्द्रीय सदस्य गोपाल रसाइलीले बताए । प्रमुख उपप्रमुखको टुङ्गो लागेका स्थानीय तहमा वडाध्यक्ष र सदस्यसमेत छनोट गरिएको उनले जानकारी दिए । उम्मेदवारको टुङ्गो लागेका गाउँपालिका र नगरपालिकामा केन्द्रले घरदैलो कार्यक्रमसमेत सुरु गरेको छ ।
Powered by Blogger.
माओवादी केन्द्रबाट उम्मेदवार छनोट
प्रकाशित मिति:
May 27, 2017