फोरमका दुई राज्यमन्त्री थपिए
काठमाडौं २६ वैशाख
प्रधानमन्त्री पुष्पकमल दाहालले दुई राज्य मन्त्री थप गरेका छन् । प्रधानमन्त्री दाहालले लोकतान्त्रिक फोरमबाट सरकारमा प्रतिनिधित्व गर्ने दुई राज्यमन्त्री थप गर्दै पद तथा गोपनीयताको शपथ समेत दिलाएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार आयोजित समारोहमा भूमिसुधार तथा व्यवस्था राज्यमन्त्रीमा यशोदाकुमारी लामा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा सुमित्रा थरुनीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
नवनियुक्त राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहालले शपथ गराएका थिए ।
प्रधानमन्त्री दाहालले सोमबार मात्र फोरम अध्यक्ष विजयकुमार गच्छदारसहित ३ मन्त्री थप गरेका थिए ।

प्रकाशित मिति:
May 09, 2017