आर्थिक वृद्धि ७.५ पुग्ने विश्व बैंकको प्रक्षेपण
काठमाडौं २९ वैशाख
विश्व बैंकले नेपालको आर्थिक वृद्धि ७.५ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । अघिल्लो वर्ष भूकम्प र भारतले लगाएको नाकाबन्दीका कारण जिरो दशमलमा झरेको आर्थिक वृद्धि यो वर्ष २३ वर्ष यताकै उच्च दरमा पुगेको हो ।
विद्युतको उपलब्धता तथा भूकम्प पछिका पुन निमार्णमा भएको ठूलो लगानी तथा मनसुनमा आएको सुधारका कारण २३ बर्ष यताकै उच्च दरको आर्थिक वृद्धि हुने विश्व बैंकको प्रक्षेपण छ ।

भूकम्प र भारतले नेपालको सिमा क्षेत्रमा गरेको अवरोधका कारण गएका दुई आर्थिक बषर्मा ३.३ प्रतिशत ०.४ प्रतिशतको आर्थिक वृद्धि भएको उल्लेख गर्दे यस बर्ष भने सन १९९४ यताकै सर्वाधिक आर्थिक वृद्धि हुने विश्व बैंकको भनाई छ ।
विश्व बैंकले सन २०१७ मा नेपालमा धान उत्पादन दश लाख टनले बढ्ने अनुमान गरेको छ । सन २०१६ मा ४२ लाख टन धान उत्पादन भएकोमा सन २०१७ मा ५२ लाख टन धान उत्पादन हुने प्रक्षेपण गरेको छ ।
भूकम्पमा परेका पाँच लाख घरधनीले घर पून निमार्णका लागि तीन किस्तामा पाउने रकममध्ये दुई किस्ताको रकम पाईसकेको र लोडसेडिङको अन्त्य, भूकम्पबाट क्षति भएका सय मेगावाट क्षमताका जलविद्युत आयोजनाहरु समेत संचालनमा आएकाले र पर्यटक आगमनमा भएको सुधारले आर्थिक वृद्धि उकास्न मदत पुग्ने विश्व बैकको ठहर छ ।
विश्व बैंकले आगामी दुई आर्थिक बर्षहरुमा पनि नेपालको आर्थिक वृद्धि ५ प्रतिशतकै हाराहारीमा रहने अनुमान गरेको छ । त्यस्तै सन २०१७ मा मुद्रास्फिती राष्ट्र बैंकले अनुमान गरेको ७.५ प्रतिशत भन्दा तल नै रहने विश्व बैंकको प्रक्षेपण छ ।
प्रकाशित मिति:
May 12, 2017