कांग्रेस–माओवादी गठबन्धन पराजित, बुटवलमा एमाले विजयी
काठमाडौं २१ असार
बुटवल उपमहानगरपालिकाको मेयरमा कांग्रेस–माओवादी गठबन्धन पराजित भएको छ । कांग्रेस—माओवादी केन्द्र गठबन्धनका उम्मेदवार खेलराज पाण्डेलाई पराजित गर्दै एमालेका शिवराज सुवेदी निर्वाचित भए ।
सुवेदीले २३ हजार २ सय ४९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेस-माओवादी केन्द्र गठबन्धनका पाण्डेले २० हजार ८ सय ५१ मत पाए ।
उपमेयरमा पनि एमालेकै गोमादेवी आचार्य विजयी भएकी छन् । उनले २५ हजार ३ सय १ मत पाइन् भने उनका निकटतम प्रतिस्पर्धी जगत पोखरेलले १४ हजार ७ सय ९२ मत पाए ।
कांग्रेस माओवादीले मेयर उपमेयरमा गठबन्धन गर्दै चुनावी मैदानमा उत्रेका थिए भने एमाले एक्लै चुनावी मैदानमा भिडेको थियो ।
प्रकाशित मिति:
July 05, 2017