खाना पकाउने ग्याँसको मूल्य २५ रुपैयाँ घट्यो
काठमाडौं १८ साउन । अन्तर्राष्ट्रिय बजारमा ग्याँसको मूल्य घटेसँगै नेपाल आयल निगमले खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ घटाएको छ । पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्यमा भने कुनै परिवर्तन भएको छैन ।
प्रतिसिलिन्डर ग्याँसमा २५ रुपैयाँ मूल्य घटेपछि अब एक सिलिन्डर ग्याँसको मूल्य १ हजार ३ सय २५ कायम भएको निगमले जनाएको छ । यसअघि प्रतिसिलिन्डर ग्याँसको मूल्य १ हजार ३ सय ५० रुपैयाँमा थियो । मूल्य घटेपछि पनि निगमलाई प्रतिसिलिन्डर ग्याँसमा ७४ रुपैयाँ ९० पैसा नाफा हुने बताइएको छ ।
नेपाल आयल निगम सञ्चालक समितिको बैठकले मूल्य घटाएको हो । एक अगस्टको नयाँ मूल्यअनुसार निगमलाई प्रतिलिटर पेट्रोलमा ४ रुपैयाँ ८४ पैसा नाफा र डिजेलमा १ रुपैयाँ १८ घाटा छ । त्यस्तै मट्टीतेलमा १७ रुपैयाँ १३ पैसा नाफा छ भने हवाई इन्धन (आन्तरिक) मा ९ रुपैयाँ १६ पैसा र हवाई इन्धन बाह्यतर्फ २० रुपैयाँ २९ पैसा नाफा छ ।

प्रकाशित मिति:
August 02, 2017