वारेन्टी नभएको एलईडी टिभी बजारमा बिगबिगी, सस्तोमा पाए भनेर किनेमा ठगिने सम्भावना
काठमाडौं २३ साउन
बजारमा वारेन्टी नभएको एलईडी टि.भीको बिगबिगी बढेको छ । आधिकारिक बिक्रेताको भन्दा धेरै कम मूल्यमा त्यस्ता टि.भीहरु बजारमा उपलब्ध भए पनि वारेन्टी नपाइने र चाँडै बिग्रने जस्ता समस्याले ग्राहक ठगिने क्रम बढेको हो । त्यस्ता टि.भीहरुको खरीद पछि ‘आफ्टर सेल्स सर्भिस’ को सुविधाबाट समेत ग्राहकहरु छुटेका छन् । कम्पनीले त्यस्ता एलइडी टि.भीहरु खरिद गर्ने क्रममा सचेत हुन ग्राहकहरुलाई अनुरोध समेत गरेको छ ।
ग्राहकहरुले आफूहरु ठगिएको गुनासो गरेपछि कम्पनीले बजारमा वारेन्टी बिनाको पनि एलइडी टिभी बिक्री भईरहेको पाइएको भन्दै सचेत हुन आग्रह गरेको हो । एलइडी टिभी किन्दा वारेन्टी कार्ड अनिवार्य रुपमा लिन समेत कम्पनीले अनुरोध गरेको छ ।
बालुवाटार निवासी रामकुमार श्रेष्ठले महाबौद्धको एक पसलबाट ५५ इन्चको सोनी एलईडी टि.भी.खरिद गरे । तर सस्तोमा पाइयो भनेर उनले न बिल लिए न त वारेन्टी कार्ड नै ! खरिद गरेको केही दिनमा नै टि.भीमा समस्या देखा परेपछि उनी सोनीको आधिकारीक सर्भिस सेन्टर पुगे । तर बिल र वारेन्टी कार्ड दुवै नभएकाले वारेन्टी दावीग र्न नमिल्ने भएपछि उनले आफु ठगिएको महसुस गरे । रामकुमार भन्छन– “सस्तोमा पाइयो भनेर बिल नै लिइएन, अहिले ठूलो समस्यामा परियो । हजारौं तिरेर किनेका टि.भीलाई दश दिनमा नै स–शुल्क मर्मत गर्नुप¥यो । सस्तोमा पाइयो भनेको टि.भी मलाई त धेरै महङ्गो प¥यो ।”
उनी मात्र होइन, यसरी ठगिएको महुसुस गर्ने अरु थुप्रै भेटिएका छन् । धापाखेल निवासी राम थापाले किनेको स्मार्ट टि.भीमा पनि १ महिना नबित्दै समस्या देखाप¥यो । सर्भिस सेन्टरमा बुझ्दा सफ्टवेयरमा समस्या भएको पत्ता लागे पनि सफ्टवेयर नपाए पछि उनको स्मार्ट टि.भी घरमा थन्किएर बसेको छ । “सस्तोमा पाइयो भनेर किनेको टि.भी. एक महिनामै बिग्रियो, सस्तोको पछि लाग्दा न टि.भी. चलाउन पाइयो, न पैसा नै बाँकी रह्यो ।”उनी अगाडी भन्छन– “एलईडी टि.भी जस्तो धेरै पैसा पर्ने सामानकिन्दा भ्याट बिल र वारेन्टी कार्ड अनिवार्य रुपमा नलिनु हाम्रै गल्ती हो । यस्ता कुरामा हामी आफैले चनाखो हुनुपर्ने रहेछ, सामान किन्दा भ्याट बिल र वारेन्टी कार्ड अनिवार्य रुपमा लिनुपर्ने नै रहेछ ।”
ग्राहकहरुले यस्ता समस्या सम्बन्धि गुनासो गर्दा आधिकारीक सर्भिस सेन्टर तथा बिक्रेताहरुले सस्तोको पछि लाग्न नहुने र ब्राण्डेड सामान किन्दा अनिवार्य रुपमा भ्याट बिल र वारेन्टी कार्ड लिएर उपभोक्ता आफैँ सुरक्षित हुनुपर्ने धारणा व्यक्त गर्ने गरेका छन् । हाल सञ्चालनमा रहेका केहि अनलाईन सपिङ सेवा प्रदायकहरुको विश्वाश गर्ने हो भने अनलाईन सपिङ पनि यसका लागि राम्रो विकल्प बन्न सक्ने उनीहरुको राय छ ।
अनलाईन सपिङ सेवा प्रदायकहरुले सामान्य तया आधिकारीक बिक्रेताबाट सक्कली प्रोडक्ट मात्र बेच्ने हुँदा यस्ता समस्याहरु धेरै कम हुन सक्ने हाम्रोस्टोर डटकमका सञ्चालक मध्येका एक राजेश घिमिरे दाबी गर्छन । भ्याट बिल र वारेन्टी कार्ड उपभोक्ताकोे अधिकार भएकोले उपभोक्ताआफैँ पनि सचेत भएर आफ्नो अधिकार लिनुपर्ने उनको सुझाव छ ।
प्रकाशित मिति:
August 07, 2017