राजपा अध्यक्ष मण्डलका यादव माओवादी केन्द्रमा प्रवेश, नगरपालिकाको मेयरमा उम्मेदवारी
महोत्तरी २१ भदाै । आसन्न स्थानीय तह निर्वाचनका लागि पार्टीले टिकट नदिएपछि महोत्तरी जिल्लाका राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका एक सदस्यले पार्टी परित्याग गरेका छन् ।
राजपा महोत्तरी जिल्ला अध्यक्ष मण्डलमा तराई मधेश सद्भावना पार्टी (महेन्द्र राय) तर्फबाट जिल्ला अध्यक्षका रुपमा रहेका नरेन्द्र यादवलाई राजपाले टिकट नदिएपछि पार्टी परित्याग गरेका हुन् ।
उनले पार्टी परित्याग गरेलगत्तै नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन्। गएराति उनलाई माओवादीका नेता रामबहादुर थापा बादलले महोत्तरीको औरही नगरपालिकामा पुगेर पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेशसँगै उनलाई नेता थापाले औरही नगरपालिकाको उम्मेदवार घोषणा गरेका छन्। उनलाई माओवादीबाट नगरपालिका प्रमुखको टिकट दिइएको छ । रासस
प्रकाशित मिति:
September 06, 2017