बाबुरामको नयाँ शक्ति टिकाउनै हम्मे, उपेन्द्रको फोरम, बामगठबन्धन हुँदै कांग्रेसमा फर्किए
तत्कालिन एमाओवादीबाट विभाजनपछि डा. बाबुराम भट्टराईले गठन गरेको नयाँ शक्ति पार्टी टिकाउन उनलाई मुश्लिक बनेको छ ।
वैकल्पिक शक्ति बनाउने उदघोष गरेका बाबुरामलाई यतिबेला भने पार्टीको अस्तित्व जोगाउन मुश्लिक छ । उनका दाहिने मानिएका देवेन्द्र पौडेल, रामचन्द्र झा जस्ता नेताले उनको साथ छाडिसकेका छन् । त्यतिमात्र नभएर पूर्वअर्थ सचिव रामेश्वर खनाल तथा मुमाराम खनाल जस्ता नेता समेत उनीबाट अलगी सकेका छन् ।
आगामी निर्वाचनमा उनले ३ प्रतिशत थ्रेसहोल्ड नकटाए उनकाे दल राष्ट्रिय दल बन्नबाट बाहिरिने छ । त्यसैले पनि अस्तित्वका लागि भए पनि पछिल्लो पटक बाबुराम दाैडधुपमा छन् । एकपछि अर्को नेताले साथ छाडे पछि उनी पार्टी एकताको पछाडी समेत दगुरे ।
विश्वास पात्रलाई टिकाउन नसकेका भट्टराई स्वयं पार्टी एकताका पछाडि दौडिन बाध्य हुन प¥यो । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग पार्टी एकता अन्तिममा पु¥याए पनि असफल भयो । त्यसपछि उनले वाम गठबन्धनबीच चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमतिपत्रमा हस्ताक्षर गरे ।
भट्टराईले चुनावी तालमेल मात्रै नभएर सूर्य चिह्नबाट चुनाव लड्ने घोषणासमेत गरे । हस्ताक्षर गरेको डेढ सातामै उनी वाम गठबन्धनबाट बाहिरिए । पछिल्लोपटक भट्टराई नेपाली कांग्रेससँग मिलेर चुनाव लड्नेमा पुगेका छन् ।
प्रकाशित मिति:
October 17, 2017