विकासको प्रेममा रहेकी अनु शाहाले गरिन् अर्कै संग विवाह, तनावमा परे लामिछाने
आधुनिक तथा गप गीतमा डेरा जामाएकी नायिका तथा मोडल अनुशाह वैवाहिक सम्बन्धमा बाँधिएकी छिन् । मोडल विकास लामिछानेको प्रेममा रहेकी शाहले उनलाई धोका दिएर अर्कै व्यक्तिसँग विवाह गरेकी छिन्।
तर, उनको विवाह रियल लाईफमा नभई पञ्जेबाजाको गीतका लागि तयार पारिएको म्युजिक भिडियोमा भएको हो ।
गायिका देवी घर्तीमगर र गायक कमल ज्ञवालीको स्वर रहेको यस म्युजिक भिडियोमा मोडलद्धय शाह र लामिछानेको दमदार अभिनय रहेको छ । नेपाली कलासंस्कृति तथा पञ्चेबाजाको महत्वलाई समेटेर निर्माण गरिएको यो गीतलाई रामेश्वर कार्की र श्रीकृष्ण फुयालको छायांकन गरेका हुन् । म्युजिक भिडियालाई सनम अधिकारीले निर्देशन गरेका छन् ।
प्रकाशित मिति:
December 27, 2017