तिनाउ विकास बैंकको १५ प्रतिशत लाभांश पारित
तिनाउ बिकास बैंकको लाभांश प्रस्ताब पारित भएको छ। बैंकको पुष ८ मा सम्पन्न बार्षिक साधारणसभाले संचालक समितिले प्रस्ताब गरेको १० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरि १५ प्रतिशत लाभांश प्रस्ताब पारित गरेको हो।
१० प्रतिशत बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पुंजी ५० करोड ६९ लाख ३४ हजार पुगेको छ। यससंगै राष्ट्र बैंकले ३ जिल्ला कार्यक्षेत्र भएको बैंकलाई तोकेको ५० करोड चुक्ता पुंजी पुर्याउन बैंक सफल भएको छ।
साथै बैंकको साधारणसभाले गत आर्थिक बर्षको बार्षिक प्रतिबेदन, २०७४ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान तथा नगद प्रवाह विवरण उपर छलफल गरि पारित गरेको छ।
रुपन्देही, नवलपरासी र चितवन गरी ३ जिल्ला कार्यक्षेत्र भएको यस बैंकले केन्द्रिय कार्यालय सहित १५ वटा शाखा मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकले आफ्ना ग्राहकहरुलाई एटिएम, रेमिट्यान्स, लकर सुविधा तथा कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने सुविधा, बिहानी काउन्टर, एसएमएस बैंकिङ, नेपाल टेलिकमको पीएसटिएन, एटिएसएल, प्रिपेड तथा पोस्टपेड मोबाइलको बिल भुक्तानी तथा आइपेस र आस्बा सेवा प्रदान गर्दै आइरहेको छ।
प्रकाशित मिति:
December 25, 2017