नेपाली चेसलाई अन्तर्राष्ट्रिय तहमा पु¥याउनुपर्छ : शाक्य

काठमाडौं ९ पुस
नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अब नयाँ सरकार छिट्टै गठन हुने बताएकी छिन् ।
कामपा–२४ स्थित मखन चेस क्लबले आज आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा काठमाडौँ निर्वाचन क्षेत्र नं ८ प्रदेश ख बाट निर्वाचित शाक्यले प्रदेशसभा सदस्य निर्वाचन आयोगले अन्तिम मत परिणाम राष्ट्राध्यक्षलाई बुझाएपछि केन्द्रीय सरकार गठनको प्रक्रिया शुरु हुने र त्यसपछि प्रादेशिक सरकार निर्माणका लागि बाटो खुला हुने बताईन ।
कार्यक्रममा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठले एशियाली स्तरसम्म नेपाली चेस खेललाई आगामी दिनमा अन्तर्राष्ट्रिय तहमा पु¥याउनुपर्नेमा जोड दिए । सोही क्षेत्र प्रदेश (क) का नवनिर्वाचित सदस्य राजेश शाक्यले मुलदकलाई समाधान दिन कुनै पनि बहानामा सरकार गठनको कार्य रोक्न नहुने बताए।
प्रकाशित मिति:
December 25, 2017