पूर्वसभामुख नेम्वाङ इलामबाट चाैथाे पटक विजयी

नेम्वाङले ३६ हजार ५१४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी थापाले २६ हजार ८६० मत प्राप्त गरे ।
नेम्वाङले नेपालका संविधानसभाका दुईवटै निर्वाचनपछि गठित संविधासभाको अध्यक्ष भई संविधान जारी गर्न मुख्य भूमिका निर्वाह गरेका थिए ।
दोस्रो जनआन्दोलनपछि पुनःस्थापित संसद्को सभामुख बनेका नेम्वाङले लामो समय त्यही संसद्को सभामुख भई काम गर्ने अवसर पाएका थिए । इलामबाट २०५६ सालको संसदीय निर्वाचनमा विजय भएपछि उनले कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री, सामान्य प्रशासनमन्त्री र संसद्को सार्वजनिक लेखा समितिको अध्यक्षको समेत भूमिका निर्वाह गरेका थिए ।
हाल नेकपा (एमाले) संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङ कसैलाई नहोच्याउने, नम्र र मिजाजिलो स्वभावका छन । उनले संविधान बनाउनका लागि सबैको सहकार्य अपरिहार्य रहनेमा जोड दिँदै आएका छन ।
प्रकाशित मिति:
December 10, 2017