चिसो र बाक्लो हुस्सुका कारण रद्ध भयो भरतपुरको उडान
एक साता देखि बढेका कारण मुलुक भरको जनजिवन प्रभावित बनेको छ । बाक्लो हुस्सु तथा चिसोको कारण मौसम प्रतिकूल हुँदा स्थानीयवासी ठाउँठाउँमा आगो तापेर जाडो छल्ने प्रयास गरिरहेका छन् । यसैविच शनिबार काठमाडौं तथा भरतपुर पोखराको उडनज समेत शनिबार रद्ध भयो ।
भरतपुर विमानस्थलका अनुसार चितवनमा शुक्रबार तापक्रम ९ डिग्री थियो । शनिबार ७ डिग्रीमा झरेको तापक्रम आज बिहानसमेत ७ डिग्री यथावत् थियो । आज १० बजेको तामक्रम भने १० डिग्री पुगेको विमानस्थलले जनाएको छ । भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमले कम्तीमा दुई हजार ५०० मिटर दूरी ९(तेस्रोे) भिजिवलिटी तथा ठाडो ४५० मिटर भएमा मात्रै उडान गर्न मिल्छ तर १० बजे जम्मा एक हजार ५०० मिटर तेर्सो र ३०० मिटर ठाडो मात्रै भिजिवलिटी रहेको गौतमले बताए । शनिबारभन्दा आज अलि राम्रो भएकाले उडान हुने आशा रहेको गौतमको भनाइ छ ।
भरतपुर विमानस्थलबाट बुद्ध, यति र सिम्रिकले उडान भर्दै आएको छ । बुद्धले काठमाडौँ, भरतपुर छदेखि सात वटासम्म उडान भर्छ । केही महिनादेखि बुद्धले पोखरामा समेत दुई वटा उडान भर्दै आएको छ ।
सिम्रिकको चितवन–काठमाडौँ एउटा उडान छ भने यतिको चार वटा उडान हुन्छ । भरतपुर विमानस्थलमा दैनिक ५०० यात्रु हवाई यात्रामा जाने गरेको विमानस्थलले जनाएको छ ।
बुद्धको आज १२ बजेसम्म पाँच वटा उडान भर्नुपर्ने थियो तर अहिलेसम्म एउटा पनि उडान भएको छैन । हिजैका यात्रु उडाउनुपर्ने अवस्था छ । “अब दिउँसो विमान चल्छ कि भन्ने आश लागेको छ”, बुद्ध एयर चितवनका प्रबन्धक भक्तबहादुर बस्नेतले बताएका छन् । उनका अनुसार हावा चलेर घाम लागेमा उडान हुन्छ ।
शनिबारदेखि चितवनमा घामसमेत लागेको छैन । वातावरण धुम्म छ । चितवनबाट काठमाडौँ जाने तयारीमा रहनुभएका नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डलेसमेत उडान नहुँदा शनिबारको हवाई यात्रा स्थगित गर्नुभएको उनका प्रेस संयोजक मनहरि तिमिल्सिनाले जानकारी दिए।
चिसोले मानिसको आवतजावत तथा हिँडडुलमा समेत कमी देखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित मिति:
January 07, 2018