आज बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित
माघ २ काठमाडौँ
आज बस्ने भनिएको मन्त्रिपरिषद्को वैठक स्थगित भएको छ । सरकारले मन्त्रिपरिषद्को वैठकमा सात प्रदेशका प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने भनिएतापनि वैठक भने स्थगित भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले सहमतिमै प्रदेश प्रमुख नियुक्ति गर्न संसदमा प्रतिनिधित्व गरेका प्रमुख ५ दलसँग नामावली मागेपनि एमालेले नाम नपठाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री देउवाले आजै मन्त्रिपरिषद बैठक बोलाएर प्रदेश प्रमुख नियुक्ति गर्ने तयारी गरेका थिए । जसमा दलहरुवीच सहमति भए सहमतिमै र नभएपनि राजपा, फोरम र कांग्रेसका तर्फबाट प्रदेश प्रमुख नियुक्त गर्ने देउवाको तयारी थियो । स्थगित भएको बैठक भोलि बिहान बस्ने प्रधानमन्त्रीका स्वकिय सचिव भानु देउवाले बताएका छन्।
प्रकाशित मिति:
January 16, 2018