स्वास्थ्य परिक्षण गर्न बैंकक गएका ओली आज नेपाल फर्कने
काठमाडौँ, २ माघ
नियमित स्वास्थ्योपचारका लागि थाइल्याण्डको बैंककमा गएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार स्वदेश फर्कने भएका छन् ।
गत पुस २६ मा त्यसतर्फ गएका ओली आज आउने कार्यक्रम रहेकामा दुई दिन थप भई यही माघ ४ गते फर्कने उनका सञ्चार संयोजक चेतन अधिकारीले जानकारी दिए ।
पूर्वप्रधानमन्त्री ओलीको बैंककको बुमरुङगार्ड अन्तर्राष्ट्रिय अस्पतालमा स्वास्थ्य परीक्षणपछि सबै प्रतिवेदन सामान्य देखिएको छ ।
प्रकाशित मिति:
January 16, 2018