पार्टी एकताबारे छलफल गर्न माओवादी केन्द्रको वैठक बस्दै
पुस १८ काठमाडौं
पार्टी एकता तथा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न आज माओवादी केन्द्रको वैठक बस्ने भएको छ । प्रदेश सभा तथा प्रतिनिधी सभाको निर्वाचन पश्चात पार्टी एकता प्रक्रिया अगाडी बढाउने भनिएतापनि नेतृत्वको विषयमा सहमति जुटन नसक्दा वामगठबन्धनको पार्टी एकता संयोजन समितिको वैठक बस्न सकेको छैन ।
मङ्गलबार दिउँसो १ बजे माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बस्ने वैठकमा एमालेसँगको एकतादेखि पछिल्लो राजनीतिक अबस्थावारे छलफल हुने भएको छ।
माओवादीले एकीकृत पार्टीको नेतृत्व प्रचण्डलाई दिनुपर्ने अडान राखेको छ तर नेकपा एमाले यसमा तयार भएको छैन ।
प्रकाशित मिति:
January 02, 2018