राजतन्त्रको चलन गणतन्त्रमा पनि हटेन, भिआईपीको सवारीमा सर्वसाधरणलाई बाटो छेकेर हैरान
काठमाडौं ८ माघ
राजतन्त्रको पालामा राजाहरु कतै सवारीमा जाँदा पुरै बाटो बन्द गरिन्थ्यो । घण्टौं सर्वसाधरणले हैरानी बेहोर्थे । बिरामी बोकेका एम्बुलेन्सहरु समेत राजा महराजाको सवारी जाममा फस्थेँ । कति बिरामीले त्यसै कारण ज्यान समेत गुमाए होलान् ।
अघिपछि व्यवस्थित सुरक्षासहित सवारी गर्ने अनि बाटो बन्द गरेर सर्वसाधरणलाई दुःख दिने भनेर त्यस समयमा सर्वसाधरण राजा महराजाहरुलाई सराप दिन्थे ।
यो राजतन्त्रकालिन सर्वसारधणलाई मर्का पर्ने गरी बाटो बन्द गर्ने एउटा चलन थियो । देश गणतन्त्रमा प्रवेश गरेर नयाँ संविधान बनेर कार्यान्वयनको अन्तिम चरणमा पुगेको बेला पनि त्यो चलन अझै हटेको छैन । राष्ट्रपतिको सवारीको समयमा पुरै बाटो छेकेर दुःख दिने चलन अझै नहटेको हो ।

सामाजिक सञ्जालहरुको विरोध पोखिरहेको पाइएको छ । कतिपयले हैरानीको दुःख बाड्दै राष्ट्रपति बाहिर ननिस्किदिए पनि हुन्थ्यो भनेर कामना समेत गर्ने गरेको पाइएको छ ।
पूर्वराष्ट्रपतिको कुरो पत्याइएन
पूर्वराष्ट्रपति डा. रामवरण यादवको पालामा पनि यस्तै चलन कायम थियो । चौतर्फी विरोधपछि राष्ट्रपति कार्यालय एक समय आफ्नो सवारीमा बाटो नछेक्न भनेर आग्रह त गर्यो । तर, आग्रह पत्याइएन त्यसपछि पनि बाटो छेक्ने चलन रोकिएन । पुनः राष्ट्रपति कार्यालयले पनि यस विषयमा चासो दिएन । जो गलत चलन जारी रहँदा सर्वसाधरणले भने अनावश्यक दुःख झेल्दै आउनु परेको छ ।
प्रकाशित मिति:
January 22, 2018