कुलचन्द्र गौतमको सक्कली रुप नै खोटो रे !
राष्ट्रसंघका पूर्व उपमहासचिव कुलचन्द्र गौतम तत्कालिन प्रधानमन्त्री प्रचण्डलाई ढोग गर्दै । |
राष्ट्रसंघका महासचिव वान कि मुनले शान्तिको जन्मथलो गौतम बुद्धको जन्मस्थल लुम्बिनी आउने कुराले विश्व जगत नै शान्तमय प्रचारमय बनेको बेला कुलचन्द्र र कनकमणीहरु लगायत भने अशान्त बन्दै त्यसका विरुद्ध खुलेआम रुपमा उत्रिएका छन् ।
महासचिव वान कि मुन लुम्बिनी भ्रमणमा आउँदा लुम्बिनीलाई पर्यटकिय स्थलमा विश्वसामु चिनाउँदा त्यति ठूलो न त दिमाग न त खर्च नै गरिरहनु पर्ने हो तर त्यो भने उनीहरुर्ला पचेन रे ।
बृहत्तर लुम्बिनी विकास राष्ट्रिय निर्देशक समिति अध्यक्षका हैसियतले एमाओवादी पुष्पकमल दाहाल प्रचण्डले सो समितिको हैसियतमा निमन्त्रणा गरेर नेपाल आउन लागेका महासचिब मुन नेपाल आउनु ठिक छैन रे ।
त्यसको कारण चाँही उनीहरुका अनुसार प्रचण्ड हिंसात्मक विद्रोहका अगुवा हुन् रे । उनले नेतृत्व गरेको समितिले बोलाएको कार्यक्रममा भाग लिन राष्ट्रसंघका महासचिव नेपाल आउन हुन्न रे ।
तर यसरी प्रचण्डले बोलाउँदा मुन नेपाल आउन हुन्न भन्ने कुलचन्द्र भने कुनै बेला प्रचण्डलाई बिन्ति भाउ पनि गर्दा रहेछन् । जो तपाईले माथि फोटोमा देखिसक्नु भयो । यो फोटो देखेपछि अहिले धेरैले फेसबुकमार्फत कुलचन्द्रलाई भने अवसरवादी, दैचिउरे भन्न थालेका छन् । कुलचन्द्र ज्यू यसो त गर्नु भएन नि ।
जो माथिको फोटो चाँही हार्भर्ड युनिभर्सिटीका विद्यार्थी उत्तमबाबु श्रेष्ठका अनुसार प्रचण्ड प्रधानमन्त्री हुँदा न्यूयोर्क गएको बेला बिन्ति भाउ गर्दै गर्दाको रे ।
सेम्टेम्बर २६, २००८ को साँझमा न्यु स्कुल युनिभर्सिटीमा आयोजित माओवादीको दृष्टिकोणमा नयाँ नेपाल नामक कार्यक्रममा खिचिएको रे जुन फोटो । कुलचन्द्रले नै त्यहाँ उदघोषण तथा सञ्चालन गरेका थिए रे । अनि कार्यक्रममा उनले प्रचण्डलाई बिपी कोइरालासँग दाजेका थिए रे । उनले त त्यहाँ प्रचण्ड वर्तमान नेपालको सबैभन्दा प्रष्ट भिजन भएका करिस्मेटिक नेता हुन पनि भनेका थिए रे ।
आ, वाइयत अब यस्ता कुरो छाँडौँ, उहाँ एक जना साइकल यात्री बुद्ध नेपालमा जन्मिएका हुन भनेर साइकलमार्फत त विश्व घुम्दै चिनाईरहेका छन् । उनले बुद्ध नेपालमा जन्मिएका हुन भनेर भनिरहेका छन् ।
भारतले गौतम बुद्ध त नेपालमा होइन भारतमा जन्मिएका हुन् भनेर वाइयत प्रचार गरिरहेका छ । धेरैलाई बुद्ध नेपालमा जन्मिएका हुन भनेर थाहै छैन रे ।
यी सबैलाई चिर्दै बुद्ध नेपालमा जन्मिएका हुन भन्न र लुम्बिनीलाई पर्यटकिय क्षेत्रका रुपमा पनि विश्वसामु चिनाउन पनि मुन नेपाल आउनु पक्कै पनि राम्रै होइन र ।
प्रकाशित मिति:
March 19, 2012