गोरखामा चट्याङमा परी दर्जन मानिस घाइते
असार १ – गोरखाको अश्राङ गाविस–३ र ४ मा गएराति चट्याङ पर्दा १२ जनाभन्दा बढी मानिस घाइते भएका छन् ।
अश्राङ–३ मा स्थानीय रामचन्द्र भट्टराईको दुईवटा बाख्रा चट्याङका कारण मरेका छन् ।
घरमा बसिरहेका तीन वर्षीया बालिका बबिता भट्टराई, दुई वर्षीय एक बालक, एक वृद्ध र १४ वर्षीय मिलन पन्त गम्भीर घाइते भएका छन् ।
चट्याङबाट भट्टराईको घरको गारो भत्कनुका साथै झ्यालका सिसा फुटेका छन् । फुटेका सिसाले नाबालकलाई लागेको छ ।
यसैबीच, वडा नं. ४ मा परेको चट्याङका कारण स्थानीय जगबहादुर नेपालीको घरमा क्षति पुग्नुका साथै घरमा रहेका चारजना बेहोस भएका छन् ।
अश्राङ–१ स्थित झिँगटेमा परेको चट्याङका कारण ६ जना मानिस बेहोस भएका स्थानीय राजु मियाले बताउनुभयो । उनीहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । गत साँझ जिल्लामा हावाहुरी चल्नुका साथै केही वर्षात् पनि भएको थियो । रासस
अश्राङ–३ मा स्थानीय रामचन्द्र भट्टराईको दुईवटा बाख्रा चट्याङका कारण मरेका छन् ।
घरमा बसिरहेका तीन वर्षीया बालिका बबिता भट्टराई, दुई वर्षीय एक बालक, एक वृद्ध र १४ वर्षीय मिलन पन्त गम्भीर घाइते भएका छन् ।
चट्याङबाट भट्टराईको घरको गारो भत्कनुका साथै झ्यालका सिसा फुटेका छन् । फुटेका सिसाले नाबालकलाई लागेको छ ।
अश्राङ–१ स्थित झिँगटेमा परेको चट्याङका कारण ६ जना मानिस बेहोस भएका स्थानीय राजु मियाले बताउनुभयो । उनीहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । गत साँझ जिल्लामा हावाहुरी चल्नुका साथै केही वर्षात् पनि भएको थियो । रासस
प्रकाशित मिति:
June 15, 2012