बन्दुकले छोरालाई हान्दा बुहारीलाई गोलि लागेपछि...I
असार १ – सायद तपाईले बाबु छोराबीच झगडा हुँदा बन्दुक नै हानेको घटना त विरलै मात्र सुन्नु भएको होला ।
तर गएराति बाबु छोरा बीचको विवादपछि रिसको झोकमा बाबुले आफ्नै छोरालाई गोलि पड्काए छन् । तर त्यो गोलिले छोरालाई भने लागेन, लाग्यो बुहारीलाई । अनि गोलि लागेकी बुहारी घाइते भएकी छिन ।
बिहीबार राति १२ बजेतिर सदरमुकामसँगै जोडिएको देहिमाण्डौं-९ थलालगाउका ६७ वर्षीय प्रेमसिंह थलालले छोरा करनलाई हान्न खोजेको गोली लागि ३२ वर्षीया बुहारी तारा थलाल घाइते भएकी हुन् ।
बाबु छोराको झगडा छुट्याउन गएकी बुहारी ताराको बायाँ हातमा गोली लागेको हो । उनको जिल्ला अस्पतालमा हुन नसकेपछि नेपालगञ्ज शिक्षण अस्पताल रिफर गरेको अस्पतालले जनाएको छ ।
घटनामा संलग्न प्रेमलाई प्रहरीले नियन्त्रणमा लिएर अहिले भने अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति:
June 15, 2012