गोलि लागेका बम पनि भए शहिद
असार १ – अज्ञात समुहले हानेको गोलि लागेर उपचारका क्रममा मृत्यु भएका सर्वोच्च अदालतका न्यायाधिस रण बहादुर बमलाई सरकारले शहिद घोषण गर्ने निर्णय गरेको छ ।
यस्तै बमका परिवारलाई सरकारले १० लाख पनि दिने भएको छ । उनको सरकारले उपचारको क्रममा नर्भिक अस्पतालमा भएको खर्चसमेत बेहोर्ने भएको छ ।
ललितपुरस्थित बगलामुखी मन्दिरमा दर्शन गरेर फर्कने क्रममा न्यायाधीश बमलाई शङ्खमूलमा मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरी हत्या गरेका थिए । सो घटनामा अन्य दुईजना समेत घाइते भएका थिए ।
तर सरकारले दुई घाइतेको उपचार खर्च बेहोर्ने कि नबेहोर्ने भन्नेबारे भने अहिलेसम्म हामीले बुझ्न सकेका छैनौँ । बैठकपछि ती दुई जनाको खर्च बेहोर्नेबारे कसैले पनि उल्लेख गरेका छैनन् ।
बमलाई जेठ १८ गते गोलि हानिएको र उपचारका क्रममा सोही दिन मृत्यु भएको थियो ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले न्यायाधीश बमको हत्याका सम्बन्धमा छानबिन गर्न पूर्वन्यायाधीश प्रेमप्रसाद शर्माको अध्यक्षतामा तीन सदस्यीय चाँजबुझ आयोग गठन गरेको समेत गरेको छ ।
यस्तै बमका परिवारलाई सरकारले १० लाख पनि दिने भएको छ । उनको सरकारले उपचारको क्रममा नर्भिक अस्पतालमा भएको खर्चसमेत बेहोर्ने भएको छ ।
ललितपुरस्थित बगलामुखी मन्दिरमा दर्शन गरेर फर्कने क्रममा न्यायाधीश बमलाई शङ्खमूलमा मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरी हत्या गरेका थिए । सो घटनामा अन्य दुईजना समेत घाइते भएका थिए ।
बमलाई जेठ १८ गते गोलि हानिएको र उपचारका क्रममा सोही दिन मृत्यु भएको थियो ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले न्यायाधीश बमको हत्याका सम्बन्धमा छानबिन गर्न पूर्वन्यायाधीश प्रेमप्रसाद शर्माको अध्यक्षतामा तीन सदस्यीय चाँजबुझ आयोग गठन गरेको समेत गरेको छ ।
प्रकाशित मिति:
June 15, 2012