एसएलसीले लियो आधा दर्जनको ज्यान, आत्महत्या गर्नेमा छात्रा मात्रै
असार १ – एसएलसीमा फेलभएपछि आत्महत्या गर्नेको संख्या ५ पुगेको छ । जब आफूले चाहे जस्तो तथा सोचे जस्तो हुन्न तब निराशा भई आक्रोशमा आएर विद्यार्थीहरु आत्महत्या गर्ने बाटो रोज्न पुगेका हुन् । तर उनहिरुका लागि थुप्रै बाटो भएपनि उमेरका कारण पनि उनीहरु अगाडी सोच्न नसकेर यस्तो कार्यमा अगाडी बढ्ने गरेको पाइएको छ ।
फेल भएमा परिवारबाट पनि हौसला तथा उत्साह दिन आवश्यक छ ।
जे भएपनि यो वर्ष पनि एसएलसीमा फेल भएपछि आत्महत्या गर्ने ५ जना पुगिसकेका छन् ।
उनीहरुमध्ये पाँचले झुन्डिएर, दुईले विष खाएर आत्महत्या गरेका हुन्।
यसरी आत्महत्या गर्नेहरुमा कीर्तिपुर नरेफाँटमा निरुता कार्की कोठामा झुन्डिएको अवस्थामा फेला परेकी छन् ।
यस्तै, काठमाडौं प्रभाव माविबाट एसएलसी दिएकी रुविना केसी र सबला बानियाँ बिहीबार विष खाएर अशक्त अवस्थामा फेला परेका छन्। महादेवस्थान गाविसका दुवैलाई परिवारले समाज अस्पताल पुर्याए पनि रुविनाको मृत्यु भएको छ । सबला भने समाज अस्पतालमै उपचाररत छिन्।
यसैगरी, धादिङ ज्यामरुङकी १७ वर्षीया रानीपौवा उच्च माविबाट परीक्षा दिएकी रेश्मा कँडेल बिहीबार बिहान धुरिबलोमा झुन्डिएर मृत भेटिइन्।
विराटनगरकी मधु देवान, नेपालगन्जकी प्रतीक्षा शर्मा, पाल्पाकी सरिता राना र जनकपुरकी सेखाकुमारी सिंहले एसएलसीमा अनुत्तीर्ण भएपछि आत्महत्या गरेका छन्।
पाल्पा छहाराकी १६ वर्षीया सरिताको शव घरमा झुन्डिएको अवस्थामा फेला परेको थियो। उनले छहाराको भैरवनवदीप उच्च माविबाट एसएलसी परीक्षा दिएकी थिइन्। नेपालगन्ज गोसाइँगाउँकी प्रतीक्षा शर्माले झुन्डिएर आत्महत्या गरेकी थिइन्।
विराटनगरमै श्रीराम उच्चमाविबाट एसएलसी दिएकी मधु देवानले बिहीबार बिहान विष सेवन गरेर आत्महत्या गरिन्।
जनकपुर- ८ की १६ वर्षीया सेखाकुमारी सिंह घरमा पासो लगाएर झुन्डिएको अवस्थामा बिहान आठ बजे मृत फेला परेकी थिइन्।
फेल भएमा परिवारबाट पनि हौसला तथा उत्साह दिन आवश्यक छ ।
जे भएपनि यो वर्ष पनि एसएलसीमा फेल भएपछि आत्महत्या गर्ने ५ जना पुगिसकेका छन् ।
उनीहरुमध्ये पाँचले झुन्डिएर, दुईले विष खाएर आत्महत्या गरेका हुन्।
यसरी आत्महत्या गर्नेहरुमा कीर्तिपुर नरेफाँटमा निरुता कार्की कोठामा झुन्डिएको अवस्थामा फेला परेकी छन् ।
यस्तै, काठमाडौं प्रभाव माविबाट एसएलसी दिएकी रुविना केसी र सबला बानियाँ बिहीबार विष खाएर अशक्त अवस्थामा फेला परेका छन्। महादेवस्थान गाविसका दुवैलाई परिवारले समाज अस्पताल पुर्याए पनि रुविनाको मृत्यु भएको छ । सबला भने समाज अस्पतालमै उपचाररत छिन्।
यसैगरी, धादिङ ज्यामरुङकी १७ वर्षीया रानीपौवा उच्च माविबाट परीक्षा दिएकी रेश्मा कँडेल बिहीबार बिहान धुरिबलोमा झुन्डिएर मृत भेटिइन्।
विराटनगरकी मधु देवान, नेपालगन्जकी प्रतीक्षा शर्मा, पाल्पाकी सरिता राना र जनकपुरकी सेखाकुमारी सिंहले एसएलसीमा अनुत्तीर्ण भएपछि आत्महत्या गरेका छन्।
विराटनगरमै श्रीराम उच्चमाविबाट एसएलसी दिएकी मधु देवानले बिहीबार बिहान विष सेवन गरेर आत्महत्या गरिन्।
जनकपुर- ८ की १६ वर्षीया सेखाकुमारी सिंह घरमा पासो लगाएर झुन्डिएको अवस्थामा बिहान आठ बजे मृत फेला परेकी थिइन्।
प्रकाशित मिति:
June 15, 2012