असार ११ – प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पदबाट राजीनामा दिने कुरालाई इन्कार गर्दै निर्वाचित प्रधानमन्त्रीलाई सत्ता हस्तान्तरण गर्ने घोषणा गरेका छन् ।
ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न दिगो विकास सम्बन्धी राष्ट्रसंघीय सम्मेलनमा सहभागी भएर फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग संसदबाट चुनिएर आउने प्रधानमन्त्रीलाई सत्ता हस्तान्तरण गर्ने बताएका हुन् ।
सरकार बाहिरका दलहरुले राष्ट्रिय सहमतिको सरकारका लागि प्रधानमन्त्रीले सत्ता छाड्नु पर्ने भनेर कडा विरोध गरिरहँदा प्रधानमन्त्रीले भने त्काल राजिनामाको कुनै संभावना नरहेको पनि उल्लेख गरे ।
यसैबीच, प्रधानमन्त्री डाक्टर भट्टराई ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न दिगो विकास सम्बन्धी राष्ट्रसंघीय सम्मेलनमा सहभागी भएर आज स्वदेश फर्किने क्रममा कांग्रेसका भातृ संगठनले विमानस्थलमा प्रदर्शन गरे । प्रदर्शनमा उत्रिएका तरुण दल र नेविसंघका झन्डै ५० कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । भट्टराई विदेश जाँदा पनि कांग्रेस, एमाले लगायतका दलका कार्यकर्ताको कालो झण्डा र विरोध प्रदर्शनको सामना गरेका थिए ।