यस्तो छ वैद्यहरुको भित्रि योजना
माओवादी संस्थादपन पक्षले पार्टीको क्रान्तिकारिता गुमाएको र संशोधनवादी धारमा परिणत भएको निष्कर्षसहित वैद्य पक्षको राष्ट्रिय कार्यकर्ता भेलामा पेस गरिएको प्रतिवेदन पास भएसँगै माओवादी औपचारिक रुपमा फुटेको हो ।
उपाध्यक्ष मोहन वैद्यले आइतबार कार्यकर्ताको राष्ट्रिय भेलामा गरेको नयाँ पार्टी गठनको प्रस्तावलाई सर्वसम्मतले पारित गरेपछि माओवादी फुट्न पुगेको थियो भने प्रस्ताव पारित भएसँगै वैद्यले माओवादीको संस्थापन पक्षसँग सम्बन्ध विच्छेद भएको घोषणासमेत गरेका थिए ।
नयाँ पार्टीको नाम नेकपा, माओवादी राखिएको छ भने पार्टीको नेतृत्व वैद्यले नै गर्नेछन् ।
पार्टी नेतृत्वका लागि स्वयम् मोहन वैद्य अध्यक्ष रहने छन् भने महासचिवमा रामबहादुर थापा, सचिवमा सीपी गजुरेल, स्थायी समिति सदस्यमा नेत्रविक्रम र देव गुरुङ रहने व्यवस्थासहित ४४ सदस्यीय कमिटी गठन गरिएको छ ।
वैद्यले केन्द्रीय समिति ७५ हुने प्रस्ताव गरेको भए पनि त्यसलाई भेलाले परिमार्जन गर्न सक्ने उल्लेख गरिएको छ ।
संघर्षदेखि पुनः जनयुद्धसम्मको योजना :
सरसर्ती हेर्दा नेकपा, माओवादी अर्थात वैद्य माओवादीहरु भोका निमुखा, खरि खान नपाएका र नदिएका, थिचोमिचोमा परेकाहरुलाई सडकमा उतारेर सत्ता कब्जा गर्न चाहन्छन् । किन की उनीहरुको अन्तिम उद्देश्य नै जनविद्रोह हो । जनविद्रोह भनेको जनताले गर्ने विद्रोह भनिन्छ । अनि जनविद्रोह भनेको यो पनि हो कि जुन शासक, जुन संविधान या त जुन नियम कानुन तथा प्रक्रिया ठिक छैन मान्दिनौँ भनेर गरिने एक किसिमको विरोध संघर्ष हो । अनि शासनलाई नमान्दा शासक अर्थात सत्तामा बसेकाले पनि उसलाई मान्ने कुरो रहदैन । यसरी यी दुईबीचको अन्तिम रुप झडपमा पुग्ने छ अनि जुन शक्ति बलियो हुन्छ उसैले जित्छ ।
त्यस्तै, वैद्य पक्षीय नयाँ माओवादीले पनि जनविद्रोहको बाटो अगाँलेको छ । उसँग यस्ता क देखि ज्ञ सम्मका सबै कुरा थाहा छन् । त्यसैले पनि त उसले राष्ट्रिय कार्यकता भेलामै उनीहरुले नेकपा, माओवादीले जनविद्रोहमार्फत जनयुद्धसम्मको बाटो समेत अवलम्बन गर्न सकिने निर्णय गरेका छन् ।
अतः यसको अर्थ वैद्य पक्षीय माओवादीहरुको भित्रि रणनीत संघर्ष हुँदै आधार तय गर्ने अनि अन्तिममा पुनः बन्दुकसहित जनयुद्ध गरेर सत्ता गलहत्याउने रहेको बुझ्न सकिन्छ । अबको राजनीतिमा पुनः फेर बदल हुनेछ । चुनावका जान नमानि रहेका कांग्रेस एमाले अब तातेर चुनावमा जोड दिनेछन् किनकी माओवादी फुटेपछि सबैभन्दा बढी फाइदा उनीहरुलाई छ भने सबैभन्दा बढी घाटा प्रचण्डलाई । वैद्यहरुलाई न त घाटा न त नाफा नै तर उनीहरुले चुनाव बहिस्कार गर्ने निश्चित छ । त्यसो त नवगठीत नेकपा माओवादीको मार्गदर्शक सिद्धान्त माक्संवाद, लेनिनवाद र माओवाद रहने छ भने तात्कालिन रुपमा गोलमेच सम्मेलन र अन्तरिम सरकार हुनुपर्ने एनीहरुको माग छ ।
सम्भव होला त पुनः जनयुद्ध:
१० वर्षे सशस्त्र युद्धका लडेका बेलाका हतियारहरु अहिले पनि काफी छन् । जुन जंगल जंगलका ओढारहरुमा थन्किएका छन् । माओवादीले पुनः जनयुद्ध गर्ने हो भने हतियारको खाँचो हुने छैन । तर यो नबुझे हुन्छ कि ती ओढारका हतियार काम लाग्छन् भनेर । हतियार भन्ने चिज यस्तो हो जुन एक पटक नचलाएर खिया लागेपछि त्यो त्यति सजिलै चल्ने छैन । एक्स्पाएर भएको औषधी जस्तो ।
तर, हतियार उठाउन कुनै हतियारको कमी भने हुने छैन । किनभने भारतले जति पनि जसलाई पनि दिनेछ, किनकी, उसको एक त व्यापार हो भने दोस्रो कुरो उसले नेपालमा यस्तै यस्तै संक्रमणकाल बढाईरहने र अन्तिममा विश्व शक्ति राष्ट्रको रुपमा उदाएका चीनको तिब्बतसँग आफ्नो सहज पहुँच पुर्याएर तिब्बलाई टुक्राउँदै चीनलाई डाउन गर्नु छ । यो भारतको हर्कत मात्रै होइन अमेरिकाको यतिबेलाको सम्पूर्ण लगानी र चासोको विषय पनि हो ।
अनि अन्ततः भविष्यमा माओवादी वैद्यहरुले बन्दुक उठाउँदा उनीहरुमा हतियारको कमी हुने छैन ।
माओको दुई वर्ग, शासक र शोषित पनि यो देशमा खाँचो हुने छैन । अतः बन्दुक बोकेमा मान्छे मरिरन्छन् । मारिरन्छन् । विदेशीहरु चलखेल गरिरन्छन् । डलर खेति भईरहन्छ । नेपाली जनताले भने दुःख पाईरहन्छन् ।
तर सम्भव भने हुने छैन सजिलै जनविद्रोह !
किन की, यसअघि अन्तिम धक्का भनेर ६ दिनसम्म सडक ठप्प भएका हुन् । जस बेला नै यति तयारी थियो कि डिसिएम अर्थात जिल्ला स्तरिय विश्वसनिय राजधानीमा भएका हजारौँ कार्यकर्ताले सिसाबाट बनाउने बम ठाउँको ठाउँ बनाउन सक्ने तालिम दिइएको थियो । तर सत्ता कब्जा नै गर्न सके पनि टिक्न नसक्ने भएकाले न हो त्यति बेला कब्जा नभएको ।
त्यसबैलै जनविद्रोहको कार्यदिशामा फेल भएको थियो भने अहिले शान्ति र संविधानको कार्यदिशा पनि फेल भएको छ ।
त्यही भएर न मंसिर ७ गते नयाँ चुनाव तोकिएको छ । अर्थात यतिबेला दुवै पक्षको कार्यदिशा फेल भएर उनीहरु फेरि जिरोबाट काम थाल्दैछन् प्रचण्डहरु शान्ति र संविधानको काम फेरि चुनावबाट थाल्दैछन् । सुरु पनि गरिसक्यो भने वैद्य पक्षहरु जनविद्रोहको काम सुरु गरेका छन् । जित कसको हुन्छ यसै भन्न सकिदैन । हाम्रो देश आत्मनिर्भर देश न हो । एक दिन भारतले तेल रोकिदियो भने यहाँ तेलको हाहाकार मच्चिन्छ अनि अरु अरु पनि । तर यहाँ कब्जा गरेको बेला चीनले तेल ग्याँस लगायतहरु किन्न दिने सहज वातारण बनाउनु भने जे पनि सम्भव छ किन की नेपाली जति थिचोमिचो र दुःख शोषणमा परेका अरु कोही नहोलान ।
कसरी फुट्यो त माओवादी :
माक्र्सवाद समूहका दख्खल मानिएका वैद्य त माओवादी शान्ति प्रक्रियामा आउनु नै बेठिक हो भन्नेमा थिए । उसले १२ बुँदे बृहत शान्ति सम्झौता पनि बेठिक हो भन्दै आएको छ । तर ती सम्झौता हुँदा उपाध्यक्ष वैद्य र सचिव सिपी गजुरेल भारतको जेलमा थिए ।
२०६५ मंसिरको खरिपाटी बैठकमा वैद्यले प्रचण्डको ठिक उल्टो जनविद्रोहको प्रस्ताव ल्याएपछि दुई धार टाढिने क्रम बढेर गयो । यस्तै हुँदाहुँदै प्रधानमन्त्री डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएर शान्ति प्रक्रियाका काम अन्तर्गत सेना र हतियार बुझाएपछि वैद्य समुहले आत्मसमर्पण गरेको घोषणासहित सँगै बस्न नसकिनेमा पुगेको थियो ।
यसरी हेर्दा यी धारमा कार्यदिशा नमिलेरै फुटेको बुझ्न सकिन्छ तर यो फुटमा सबैभन्दा बढी भूमिका विदेशी शक्तिको छ । अझ भन्नुपर्दा भारतकै कारण माओवादी फुटेको हो । भारतले रातारात मधेसी मोर्चालाई मिलाएर बाबुरामलाई प्रधानमन्त्री बनाउनु अनि सेना र हतियार उसलाई बुझाउन लगाउनु उसको रणनीतिक रुप हो । उसले चाहेको भए एक थान संविधान एक घण्टामा पनि बन्थ्यो तर त्यो चाहेन उसले माओवादी सेना र हतियार मात्रै बुझाउन लगायो । त्यतिबेला भारतलाई यो थाहा थियो कि बाबुरामलाई सरकारमा राखिरहँदा पनि माओवादी फुटाउन सकिन्छ । अनि फुटाउन सफल पनि भयो ।
यसरी जन्मिएको थियो माओवादी :
२०४३ सालको सेक्टर काण्डमा आफ्नो गल्ती महसुस गर्दै आत्मालोचनासहित वैद्यले नेकपा मशालको महामन्त्री पद छाडेपछि पार्टीमा उनका चेला दाहालले रिक्त स्थान भरेका थिए। ४३ सालको चुनावमा वैद्यले पार्टीमा निर्णय नै नगराई प्रहरीचौकीमा विस्फोट गर्न निर्देशन दिएपछि यसको विरोध भएको थियो जसलाई सेक्टर काण्ड चिनिन्छ। त्यही मशाल नै अहिलेको माओवादी हो। त्यही पार्टीमा अहिले वैद्य अढाइ दशकअघि गुमेको आफ्नो भूमिका खोजिरहेका छन् जसमा माओवादीका हस्तीहरू बादल, देव गुरुङ, विप्लव र सिपी गजुरेल ‘गौरवले सघाइरहेका छन् ।
माओवादी जनयुद्धलाई सम्झदा फोटो फिचर :
प्रकाशित मिति:
June 19, 2012