भदौ २६ – पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै विभिन्न पार्टी निकट १२ वटा विद्यार्थी संगठनले बुधबार आह्वान गरेको नेपाल बन्द १२ बजेसम्म मात्रै हुने भएको छ ।
आज साँझ बसेको विद्यार्थी संगठनहरुको बैठकले यस्तो निर्णय गरेको छ ।
यसैबीच, मूल्य वृद्धिको विरोधमा आह्वान गरेको उक्त बन्दलाई नेकपा माओवादीले पनि समर्थन गरेको छ ।
माओवादी प्रवक्ता पम्फा भुषालले आज एक प्रेस विज्ञप्ति निकालेर सर्वसाधारणलाई जीवन धान्न कठिन हुनेगरी आकासिएको मूल्यवृद्धिका विरुद्ध १० वटा विद्यार्थी संगठनहरुले भदौ २७ गते राखेको नेपाल बन्द लगायतका सबै विरोध कार्यक्रमलाई पार्टीको समर्थन रहेको स्पष्ट पारेकी छन् ।
चाडको मुखमा आएर भएको मूल्यवृद्धि, कृत्रिम अभाव र कालाबजारीको विरुद्ध हाम्रो पार्टीले आयोजना गरेको भदौ २९ गतेको नेपालबन्दलाई सफल पार्नका लागि माओवादीलाई सबैलाई आग्रह गरेको छ ।
चाडको मुखमा आएर भएको मूल्यवृद्धि, कृत्रिम अभाव र कालाबजारीको विरुद्ध नेकपा माओवादीले पनि भदौ २७ गते राखेको नेपाल बन्दको आह्वान गरेको छ ।
सोही विज्ञप्तिमा २८ जनाको ज्यान जानेगरी कालिकोटमा गतराति भएको बस दुर्घटनाले पार्टीलाई स्तब्ध बनाएको उल्लेख गर्दै दुर्घटनामा परी निधन भएकाहरु परिवारलाई तत्काल राहत र घाइतेहरुलाई निःशुल्क उपचार गर्न हामी सरकारसँग माग माग पनि गरिएको छ ।
यता, सरकारले भने असोज १ गतेदेखि विद्यार्थीलाई ग्याँस र मट्टितेलमा छुट दिने घोषणा गर्दै बन्द फिर्ता लिन आह्वान गरेको छ ।
बाणिज्य तथा आपूर्ति मन्त्रालयले सामुदायिक उच्चमावि, सरकारी विश्व विद्यालय र पब्लिक ब्याम्पसहरुमा अध्यननरत विद्यार्थीहरुका लागि खाना पकाउने एलपी ग्याँसमा प्रतिसिलिण्डर २ सय ५० र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ छुट दिने निर्णय गरेको हो ।
विपन्न बर्ग, किसान र विद्यार्थीहरुलाई राहत दिनबारे उच्चस्तरीय कार्यदलले गरेको सिफारिसका आधारमा छुटको निर्णय गरिएको हो ।