नेता नेपाललाई यसरी देखाइयो कालो झण्डा (भिडियोसहित)
असार १८ – एमाले बरिष्ठ नेता माधव कुमार नेपाललाई हङकङमा बस्ने नेपालीले कालो झन्डा देखाएर विरोध गरेका छन् ।
नेपाललाई संविधान नबनाएको र एकल पहिचानसहितको संघीयता नस्वीकारेको भन्दै कालो झण्डा देखाइएको थियो ।
कालो झन्डा देखाउने क्रममा ‘संघीयता विरोधी 'मूर्दावाद’, ‘एकल पहिचानसहितको संघीयता 'जिन्दावाद’ भन्ने नारा समेत लागेका थिए ।
उनको विरुद्धमा नाराबाजी लगाउनेहरु कार्यक्रमस्थलबाट बाहिरिएपछि भने नेपालले आफूलाई एमालेभित्र आदिवासी जनजातिमैत्री नेता भएको भन्दै आफू जस्तो नेतालाई नै त्यसो भन्दा चित्त दुखेको गुनासो पोखेका थिए ।

प्रकाशित मिति:
July 02, 2012