• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue » कृष्णभीरमा बस खस्दा मृत्यु हुनेको संख्या ११ पुग्यो
कृष्णभीरमा बस खस्दा मृत्यु हुनेको संख्या ११ पुग्यो

साउन १ – हिजो नवलपरासीमा कम्तिमा पनि ३९ जनाको ज्यान जाने गरी भएको बस दुर्घटना सेलाउन नपाउँदै आज धादिङको कृष्णभीरबाट एउटा बस नदीमा खसेको छ ।

आज बिहान पृथ्वीराजमार्गअन्तर्गत धादिङ धुषा गाविस–१ कृष्णभिरबाट एक यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा मर्नेको संख्या ११ पुगेको छ । क्रेन लगाएर नदीबाट बस निकालेपछि त्यहाँ थप दुई जनाको शव भेटिएको हो ।

यसअघि ६ जनाको घट्नास्थलमै तथा ३ जनाको काठमाडौंस्थित स्टार अस्पतालमा उपचार सुरु गर्दा गर्दै निधन भएको प्रहरीले जनकारी दिएको थियो । १८ जनाको उद्धार गरी अस्पताल पठाई सकिएको प्रहरीले जनाएको छ ।

उदयपुरको कटारीबाट काठमाडौँतर्फ आउँदै गरेको ना २ ख ४९५१ नम्बरको यात्रु वाहक बस सडकबाट त्रिशूलीमा खसेको हो ।

सिट क्षमता भन्दा बढी ५७ यात्रु बोकेर अत्यधिक गतिमा गुडेको गाडी सिमसिम पानी परिरहेका बेला ‘ब्रेक फेल’ भएर सडकबाट त्रिशूलीमा खसेको बताइएको छ ।

बेपत्ताको खोजी भइरहेको भए पनि नदीमा पानीको मात्रा बढी भएकाले कठिनाइ भएको उद्दारमा खटिएको प्रहरी टोलिले बताएको छ । त्यहाँ अहिले स्थानीयवासीका साथै प्रहरीको टोलिले बेपत्ताको खोजी गरिरहेको छ ।


प्रकाशित मिति: July 16, 2012

यसमा तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार


राष्ट्रिय सभाको ५६ सिटका लागि ८३ को...

मधेसी समुदायलाई एमालेको बाइपास, २९ ...

झलनाथ खनाललाई राष्ट्रपति बन्न विद्य...

भारतीय विस्तारवाद मुर्दाबाद भन्दै स...
नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
  • प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
  • प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
  • चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
  • पैसा कमाउन विदेश नै जानु पर्दैन
  • ठेउलेखोलाको परीक्षण उत्पादन सफल
चर्चित समाचारहरु
  • प्रदेश दुईको एक मात्रै महानगरपालिकामा कांग्रेस राजपाको चर्को टक्कर
  • नारी दिवसः मुक्तिका लागि डाँडू, पन्यू, चुलेसीसहितको आन्दोलन
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
  • Miss Nepal Payal Shakya 2004
  • आगलागीमा परी पैँतालीस लाखभन्दा बढीको क्षति
गृह पृष्ठ |