अपहरित भनिएका बालक साथीको घर पो I
२८ असार । अपहरणमा परेका भनिएका राजविराजका १० वर्षीय बालक रामकुमार साह आज घरपरिवारको सम्पर्कमा आएका छन् ।
राजविराज–७ बस्ने सञ्जयकुमार साहका छोरा रामकुमारले आफू साथीकहाँ गएर बसेको बताएपछि उनको अपहरण नभएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
राजविराज–८ स्थित दुर्गा सेकेन्डरी बोर्डिङ स्कूलमा कक्षा–३ मा अध्यनरत बालक रामकुमार हिजो विद्यालयबाट घर नफर्र्की इटहरी बिष्णुपुरका सहपाठीकहाँ गएर बसेका थिए ।
आमा सुनिता साहले आफ्नो छोरा अपहरणमा परेको आशङ्का गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीमा खोजीका लागि निवेदन दिएपछि अपहरणको हल्ला चलेको थियो ।
प्रकाशित मिति:
July 12, 2012