• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Entertainment, photo Gallary » भोलिदेखि नेपालमा हिन्दी चलचित्र बन्द हुने
भोलिदेखि नेपालमा हिन्दी चलचित्र बन्द हुने


मोहन वैद्य नेतृत्वको नेकपा माओवादीले हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाउन गरेको दबाब र आन्दोलनका कारण अन्ततः धेरै थोरै जे जति दिनका लागि भएपनि हिन्दी तथा अंग्रेजी चलचित्र नचल्ने भएका छन् ।


चलचित्र प्रदर्शकको छाता संगठन नेपाल चलचित्र संघले सोमबारदेखि देशभरका हलहरुमा हिन्दी तथा अंग्रेजी चलचित्रहरु प्रदर्शनमा रोक लगाउने भएको हो ।

माओवादी र संघका पदाधिकारीबचि भएको वार्तामा उक्त चलचित्रहरु नलगाउने सहमति भएको छ । तर के के बुँदामा र कसरी सहमति भयो भन्ने बारे खुलाइएको छैन । सोही विषयमा सहमतिको विस्तृत विवरण संघले आज पत्रकार सम्मेलन गरेर जानकारी गराउने भएको छ ।

नेपालीलाई गालीगलौज गरिएका, अश्लीलतापूर्ण तथा नेपालका विषयमा भ्रमपूर्ण सन्देश फैलाउने खालका चलचित्र रोक्ने तयारी मात्र गरिएको बताउदै माओवादीले अहिले हिन्दी र अंग्रेजी पूरै चलचित्र प्रदर्शनमा रोक लगाउने भएको हो ।

नेपालमा प्रदर्शन गर्न उपयुक्त भएरनभएको जाँच गर्ने मापदण्ड एवं संयन्त्र तयार नहुन्जेल सबै चलचित्र प्रदर्शनमा रोक लगाउने निर्णय माओवादीले गरेको छ ।

नेकपा–माओवादीले दुई महिनासम्म चलचित्र प्रर्दशनमा रोक लगाउन आग्रह गरे पनि संघले पाँच दिन मात्र नचलाइने बताएको बुझिएको छ ।

माओवादीले बुधबारदेखि नै हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाउने निर्णय गरेपनि हलहरुले भने शनिबारसम्म प्रदर्शन गरिरहेका थिए ।

प्रकाशित मिति: September 30, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
गृह पृष्ठ |