'अध्यक्ष र बाबुरामलाई देउता बनाएर लेख्नुहुन्छ मलाई चाँहि आतङ्ककारी बनाउँनु हुन्छ '
भदौ ३० - दशक अघिदेखि माओवादी बिटमा मुलधारको पत्रकारिता गर्दै आएका कान्तिपुर दैनिकका पत्रकार गंगा बिसीको बोली हो यो । माओवादी बिटमा पत्रकारिता गर्दै आएका बिसीलाई नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले भनेको कुरा बिसीले जस्ताको तस्तै उतारे- 'अध्यक्ष र बाबुरामलाई देउता बनाएर लेख्नुहुन्छ मलाई चाँहि आतङ्ककारी बनाउँनु हुन्छ ' ।
विद्यार्थी पत्रकार समूहको साप्ताहिक अन्तरक्रिया कार्यक्रमको ४५ औँ शृङ्खलमा शनिबार बिसी र हिमालय टेलिभिजनकी पत्रकार प्रभा बोगटीसँग भएको अन्तरक्रिया बिसीले बोलेकै शब्द हो माथिको शीर्षक ।
रत्न राज्य लक्ष्मी क्याम्पस प्रदर्शनीमार्गमा भएको अन्तरक्रियामा बिसी र बोगटीले युद्ध पत्रकारिता अथवा माओवादी पार्टी पत्रकारिताका विषयमा आआफ्ना अनुभव प्रस्तुत गरे । प्रत्येक हप्ता विभिन्न पत्रकार र अन्य समाजका प्रतिष्ठित व्यक्तिसँग हुँदै आएको साप्ताहिक अन्तरक्रिया कार्यक्रमको क्रममा शनिबार युद्ध पत्रकारिता सँगै माओवादी बिटलाई लिएर मुल धारको पत्रकारिता गरिरहेका दुई पत्रकारका बिचमा अन्तरक्रिया भएको हो ।
गंगा बिसीको पत्रकारिताको सुरुवात भित्ते पत्रिका बाट भएको हो भने प्रभा बोगटीको पत्रकारिताको प्रारम्भ जनयुद्धका क्रममा माओवादीले सञ्चालन गरेको गणतन्त्र एफएमबाट भएको हो । बिसीले भित्ते पत्रिकामा साहित्यिक लेख रचना प्रकाशन गर्दै दाङबाट प्रकाशित हुने एक पत्रिकाबाट विकास पत्रकारितासँगै पत्रकारिता यात्रा सुरु गरे । बिसीले पहिलो अर्टिकल बापत ५० रुपयाँ पारिश्रमिक पाएको रमाइलो अनुभव सुनाउँन छुटाएनन ।
प्रभा भने जनयुद्धका क्रममा माओवादीले सञ्चालन गरेको गणतन्त्र एफएमबाट मिसन पत्रकारितामा प्रवेश गरेकी हुन । पछिल्लो समयमा जनादेशमा रिपोटिङ गर्दै बोगटी हिमालय टेलिभिजनको स्थापना सँगै मुल धारको पत्रकारिता गर्दै आएकी छन् ।
अन्तरक्रियामा राजनीतिक दललाई बिट बनाएर पत्रकारिता गर्नुका चुनौती र अवसरका विषयमा विद्यार्थीले राखेका जिज्ञासाको जवाफ बिसी र बोगटीले दिएका थिए । युद्ध पत्रकारिता गर्दा जोखिमलाई प्रस्तुत गर्दै कत्तै भावुक घटनाको स्मरण हुन्थ्यो भने कतै रमाइला प्रसंगले समेत छलफलमा प्रवेश पाए । बोगटी एकीकृत माओवादीका एक प्रभावशाली नेता अथवा मन्त्रीकी छोरी भएर पनि मुल धारको पत्रकारिता गरिरहेकी छन् ।
झट्ट हेर्दा असम्भव जस्तो लागे पनि बोगटीले भने यसलाई सामान्य रुपमा लिएको बताएकी छन् । मन्त्रीका छोराछोरीलाई त्यति धेरै सुविधा हुन्छन् । तपाईं चाँहि किन यो दुखिया पेशामा लाग्नु भएको भन्ने प्रश्नमा बोगटीले भनिन ‘मलाई त्यस्तो लाग्दैन । आ–आफ्नो रुचिको विषय हो । हाम्रो मानसिकता मात्र त्यस्तो हो हामी सबै समान छौँ ।’
छलफलमा बिसीले वर्तमान अवस्थामा राजनीतिक दलका नेता पत्रकारलाई युज एण्ड थ्रो गर्न सिपालु भएकाले पत्रकार समेत चलाख हुनुपर्नेमा जोड दिए । बिसीले डेस्ट र फिल्ड रिपोर्टिमा संयोजन नहुँदा सधैँ रिपोर्टर समस्यामा पर्ने समेत उल्लेख गरे । २०५८ मंसीर ८ गते भएको घोराही आक्रमणका डरलाग्दा दृश्यका प्रसंगदेखि पहिलो जागिर पाउँदाका खुसीलाई समेत बिसीले प्रस्तुत गरे । त्यस्तै बिसीले कान्तिपुर टेलिभिजनमा ४ वर्ष र दैनिकमा ४ वर्ष पत्रकारिता गर्दा जनआन्दोलन २०६२/६३ ताका सरकारलाई कमजोर गराउँन सडकमा एक सयको भिड देखिदा १००० संख्या रहेको प्रोपोगान्डा मच्चाएको कुरालाई समेत खुलासा गरे ।
भिडियो हेर्नुहोसविद्यार्थी पत्रकार समूहको साप्ताहिक अन्तरक्रिया कार्यक्रमको ४५ औँ शृङ्खलमा शनिबार बिसी र हिमालय टेलिभिजनकी पत्रकार प्रभा बोगटीसँग भएको अन्तरक्रिया बिसीले बोलेकै शब्द हो माथिको शीर्षक ।
रत्न राज्य लक्ष्मी क्याम्पस प्रदर्शनीमार्गमा भएको अन्तरक्रियामा बिसी र बोगटीले युद्ध पत्रकारिता अथवा माओवादी पार्टी पत्रकारिताका विषयमा आआफ्ना अनुभव प्रस्तुत गरे । प्रत्येक हप्ता विभिन्न पत्रकार र अन्य समाजका प्रतिष्ठित व्यक्तिसँग हुँदै आएको साप्ताहिक अन्तरक्रिया कार्यक्रमको क्रममा शनिबार युद्ध पत्रकारिता सँगै माओवादी बिटलाई लिएर मुल धारको पत्रकारिता गरिरहेका दुई पत्रकारका बिचमा अन्तरक्रिया भएको हो ।
प्रभा भने जनयुद्धका क्रममा माओवादीले सञ्चालन गरेको गणतन्त्र एफएमबाट मिसन पत्रकारितामा प्रवेश गरेकी हुन । पछिल्लो समयमा जनादेशमा रिपोटिङ गर्दै बोगटी हिमालय टेलिभिजनको स्थापना सँगै मुल धारको पत्रकारिता गर्दै आएकी छन् ।
अन्तरक्रियामा राजनीतिक दललाई बिट बनाएर पत्रकारिता गर्नुका चुनौती र अवसरका विषयमा विद्यार्थीले राखेका जिज्ञासाको जवाफ बिसी र बोगटीले दिएका थिए । युद्ध पत्रकारिता गर्दा जोखिमलाई प्रस्तुत गर्दै कत्तै भावुक घटनाको स्मरण हुन्थ्यो भने कतै रमाइला प्रसंगले समेत छलफलमा प्रवेश पाए । बोगटी एकीकृत माओवादीका एक प्रभावशाली नेता अथवा मन्त्रीकी छोरी भएर पनि मुल धारको पत्रकारिता गरिरहेकी छन् ।
झट्ट हेर्दा असम्भव जस्तो लागे पनि बोगटीले भने यसलाई सामान्य रुपमा लिएको बताएकी छन् । मन्त्रीका छोराछोरीलाई त्यति धेरै सुविधा हुन्छन् । तपाईं चाँहि किन यो दुखिया पेशामा लाग्नु भएको भन्ने प्रश्नमा बोगटीले भनिन ‘मलाई त्यस्तो लाग्दैन । आ–आफ्नो रुचिको विषय हो । हाम्रो मानसिकता मात्र त्यस्तो हो हामी सबै समान छौँ ।’
छलफलमा बिसीले वर्तमान अवस्थामा राजनीतिक दलका नेता पत्रकारलाई युज एण्ड थ्रो गर्न सिपालु भएकाले पत्रकार समेत चलाख हुनुपर्नेमा जोड दिए । बिसीले डेस्ट र फिल्ड रिपोर्टिमा संयोजन नहुँदा सधैँ रिपोर्टर समस्यामा पर्ने समेत उल्लेख गरे । २०५८ मंसीर ८ गते भएको घोराही आक्रमणका डरलाग्दा दृश्यका प्रसंगदेखि पहिलो जागिर पाउँदाका खुसीलाई समेत बिसीले प्रस्तुत गरे । त्यस्तै बिसीले कान्तिपुर टेलिभिजनमा ४ वर्ष र दैनिकमा ४ वर्ष पत्रकारिता गर्दा जनआन्दोलन २०६२/६३ ताका सरकारलाई कमजोर गराउँन सडकमा एक सयको भिड देखिदा १००० संख्या रहेको प्रोपोगान्डा मच्चाएको कुरालाई समेत खुलासा गरे ।
प्रकाशित मिति:
September 15, 2012